Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

मछिन्द्रको मुख्य प्रशिक्षकमा प्रवेश निरन्तर

मछिन्द्रको मुख्य प्रशिक्षकमा प्रवेश निरन्तर

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २८ २०७८


मछिन्द्रको मुख्य प्रशिक्षकमा प्रवेश निरन्तर

इलाम । शहिद स्मारक लिग च्याम्पियन सान मिगेल मछिन्द्र फुटबल क्लबले मुख्य प्रशिक्षको रुपमा प्रवेश कटुवाललाई नै निरन्तरता दिएको छ । प्रवेशले बिहीबार क्लबसँग आसन्न लिग र राष्ट्रिय लिगलाई लक्षित गर्दै सम्झौता नविकरण गरेका छन् । कटुवालकै प्रशिक्षणमा मछिन्द्रले क्लबको इतिहासमै पहिलोपटक लिग च्याम्पियन बन्न सफल भएको थियो ।

लिगको अन्तिम खेलमा आर्मीलाई हराउनै पर्ने खेलमा १–० को जित निकालेपछि मछिन्द्र लिग च्याम्पियन बनेको थियो । कटुवाल लिगकै सर्वोत्कृष्ट प्रशिक्षक चुनिएका थिए । डेढ दशक खेलाडीको रुपमा विताएपछि प्रवेशले पहिलो पटक ए डिभिजन क्लब सम्हाल्दै उपाधि दिलाएका थिए ।

सन २०१३ मा सी लाइसेन्स पाएका प्रवेशले २०१५ मा आउँदा बी लाइसेन्स समेत लिन सफल भए । २०१७ मा एएफसी ए लाइसेन्स पाएपछि भने प्रवेशले डेढ दशक लामो व्यवसायिक खेलाडी करियरलाई छाडेर प्रशिक्षक बनेका थिए । २९ कात्तिकबाट शुरु हुने लिगका क्लबले खेलाडी अनुबन्धलाई पनि तीव्रता दिएका छन् । राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाल र मनिष डाँगीलाई मछिन्द्रले अनुबन्ध गरिसकेको छ ।

लिग च्याम्पियन हुँदाका अधिकांश खेलाडीलाई क्लबले निरन्तरता दिने बुझिएको छ । क्लबका अनुभवी फरवार्ड दिपक राई भने मनाङ मर्स्याङ्दी पुगिसकेका छन् । त्यस्तै गत सिजन लिग जिताउँदा महत्त्वपूर्ण रहेका नाइजेरियन डिफेन्डर पिटर सेगुनले नवप्रवेशी सातदोबाटो युवा क्लबबाट खेल्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार