Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स र बारुणयन्त्र सञ्चालन कार्यविधि र निर्देशिका स्विकृत

माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स र बारुणयन्त्र सञ्चालन कार्यविधि र निर्देशिका स्विकृत

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २४ २०७८


माईजोगमाई गाउँपालिकाको एम्बुलेन्स र बारुणयन्त्र सञ्चालन कार्यविधि र निर्देशिका स्विकृत

नयाँबजार । माईजोगमाई गाउँपालिकाको १०२ औ कार्यपालिका बैठकबाट एम्बुलेन्स संचालन सम्बन्धी कार्याबिधि २०७८ र बारुणयन्त्र सञ्चालन तथा ब्यवस्थापन निर्देशिका २०७८ स्विकृत गरेको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षतामा बसेको बैठकले कार्यविधि र निर्देशिका स्विकृत गरेको हो ।

गाउँपालिका क्षेत्रमा एम्बुलेन्स सेवाको माध्यमबाट विपन्न, असहाय, गर्भवती महिला, बालवालिका, न्यून आय भएका तथा स्वास्थ्यसेवाको मूल प्रवाहबाट पछाडी परेका नागरिकहरुलाई स्वास्थ्य सम्बन्धी अधिकार प्रत्याभुत गराउन एम्बुलेन्स सम्बन्धी कार्यविधि ल्याएको जनाएको छ ।

पछाडी पारिएका वर्गलाई स्वास्थ्यसेवा प्रदान गर्दै नागरिकको आवाज एवम् मागलाई सम्बोधन गर्दै सेवाप्रवाहलाई समावेशी, उत्तरदायी एवं जवाफदेही वनाउन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी एम्बुलेन्स सेवा संचालन गर्न कार्यविधि पारित गरेको गाउँपालिका अध्यक्षको स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।

आगलागी नियन्त्रणको लागि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरी तिनीहरुको परिचालन गर्दै यस क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने आवश्यकता महशुस गरी बारुणयन्त्र सम्बन्धी नियमावाली ल्याएको जनाइएको छ । बारुण यन्त्र सञ्चालनको लागि लाग्ने जनशक्तिको व्यवस्थापनमा गाउँपालिका , निजी क्षेत्र तथा नागरिक समाज समेतको सहभागिता सुनिश्चित गरी सेवालाई भरपर्दो र विश्वनिय बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसार निर्देशिका स्विकृत गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार