इलाम । इलाम नगरपालिका–७ सिलिखानमा सालनाल सहितको शिशु मृत अवस्थामा फेला परेको छ । मेचीराजमार्ग नजिकैको नालीभन्दा केही माथि झाडीमा फालिएको अवस्थामा शिशुको शव फेला परेको हो । घाँस काटन जानेहरुले शिशुलाई देखेपछि प्रहरीलाई खवर गरेका थिए । शिशुलाई विहान करिव ३ देखी ४ बजेको समयमा फालिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।