Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

टोकियो ओलम्पिक : कल्पनाले सुधारिन राष्ट्रिय किर्तिमान

टोकियो ओलम्पिक : कल्पनाले सुधारिन राष्ट्रिय किर्तिमान

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ९ २०७८


टोकियो ओलम्पिक : कल्पनाले सुधारिन राष्ट्रिय किर्तिमान

इलाम । टोकियो ओलम्पिकका सहभागी सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान सुधार गरेकी छन् । शनिबार छनोट चरणमा कल्पनाले १३ ओै सागमा राखेको आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् ।

आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६।८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४।५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान सुधार गर्ने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौंथोमा १०४.१, पाँचौमा १०३.४ र छैटौं १००.७ अंक जोडिन् । ५० खेलाडी सहभागी रहेको छनौटमा कल्पना ४६ ओै स्थानमा रहिन् ।। कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र शरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् ।

छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी कल्पनाले ओलम्पिकको छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् ।
सोनिया पहिलो खेलमा पराजित
जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा रुसी खेलाडी डोल्गोभा इरिनासँग सोनिया पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् ।

सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् । इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् । सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् ।

उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् । इरिना भने रुस ओलम्पिक कमिटिको झण्डामुनि रहेर प्रतिस्पर्धा गरिरहेका छिन् । डोपिङको कारण प्रतिबन्धमा पर्दा रुसले ओलम्पिकमा देशको नाममा सहभागिता जनाएका छैनन् । स्वतन्त्र रुपमा ओलम्पिकको झण्डामुनि बसेर रुसका खेलाडीले ओलम्पिक खेलिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार