Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

हेमन चौधरी : जसले प्रथम राष्ट्रिय खेलकुदमा खाली खुट्टै दौडिए

हेमन चौधरी : जसले प्रथम राष्ट्रिय खेलकुदमा खाली खुट्टै दौडिए

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २ २०७८


हेमन चौधरी : जसले प्रथम राष्ट्रिय खेलकुदमा खाली खुट्टै दौडिए

अर्जुनधारा । स्कुले जीवनमा खुब दौडिए, हेमन चौधरी । झापा अर्जुनधाराका हेमन चौधरीको नाम जिल्लाभर नै चर्चित थियो । हेमन चौधरीलाई कुद्नुमा कसैले जित्दैन भन्ने सबैको मुखबाट सुनिन्थ्यो । हुन पनि उनी एथलेटिक्सको जुन विधामा भाग लिन्थे, स्वर्ण पदक अनिवार्यजस्तै बनेको थियो त्यसताका ।३० देखि ४० को दशकमा निकै चर्चा कमाएको नाम हो, हेमन चौधरी । हेमन अर्थात हेमनारायण चौधरी ।

स्कुले जीवनमा दौडिएरै पढे । उनले सहभागी हुने जुनै प्रतियोगितामा पनि प्रथम हुन्थे अनि विद्यालयलाई स्वर्ण पदक दिलाउँथे । शनिश्चरे माध्यमिक विद्यालयमा पढ्ने हेमनले दौडेरै अध्ययन शुल्क मिनाहा पाए ।शनिश्चरे माविका तत्कालीन प्रधानाध्यापक मोहन जोशीले उनलाई स्कुल फि मिनाहा गरिदिएका थिए । चौधरीले स्कुलका लागि वीरेन्द्र शिल्डमा प्रथम स्थान ल्याउँथे । खेलकुद र खेलाडीलाई हौसला प्रदान गर्नका लागि उनको खेल कौशलको कदर गर्दै त्यसताकाको चर्चित स्वास्थ्योपचार केन्द्र शंकर हस्पिटलमा डा शंकर उप्रेतीले निःशूल्क उपचारको व्यवस्था गरिदिएका थिए ।

कक्षा ८ पढ्दा हेमनलाई एउटा राम्रै अवसर जुर्यो । उनी सम्झन्छन्, ‘२०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा म मेची अञ्चलबाट सहभागी थिएँ ।’ उनी विद्यालय, जिल्लाहुँदै मेची अञ्चलबाट छनोट भएका थिए ।विगत कोट्याउँदै गर्दा त्यो पहिलेकै जोश देखिन्थ्यो, चौधरीमा । अनि झन् विश्वास बढ्दै जान्छ पहिलै नै, सानै छँदा सुनेका कुरा । हेमन चौधरीलाई कुद्नमा कसैले सक्दैन, जहिल्यै फस्ट हान्छ‘ । हुन पनि उनले लगातार ती वर्ष ८ सय र १५ सय मिटरमा स्वर्ण पदक दिलाए विद्यालयलाई ।

उनले भने, ‘मैले ३ वर्ष स्कुललाई निल हुन जोगाएँ ।’राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु चानचुने कुरा होइन । त्यो पनि सिंगो मुलुकमै पहिलोपल्ट आयोजना भएको राष्ट्रियस्तरीय खेलकुद प्रतियोगिता खेलकुदको महाकुम्भ मेला नै हो । उनले विद्यालयस्तरीय होस् वा जिल्लास्तरीय नै एथलेटिक्सको ८०० मिटर र १५०० मिटरमा सहभागी जनाउँथे ।प्रथम राष्ट्रिय खेलकुदमा पनि उनले दुई विधामा भाग लिए । पहिलो चरणको हिटमा दुवैतर्फ उनी प्रथम भए तर सेमिफाइनलमा उनी चौथोमात्र भए ।

उनले यो बेला पनि त्यो बिर्सनलायक क्षणलाई फेरि एक पटक सम्झिन चाहे, ‘स्कुलमा खाली खुट्टै दौडिने बानी थियो, त्यहाँ जुत्ता लगाउनुपर्ने रहेछ १’खाली खुट्टा दौडिने हेमन चौधरीले पछिल्लोपटक भने ‘क्याम्पिस’ ९जुत्ताको मुनिपट्टिको भागमा सादा हुने० जुत्तासम्म लगाएर दौडिने अभ्यास गरेका थिएछन् । तर, काठमाडौँमा पुगेपछि एकैपटक ‘टिप’ भएका जुत्ता लगाएर दौडदा उनलाई अप्ठ्यारो भएको सुनाए ।पहिलो चरणको हिटमा जसोतसो दौडिए पनि सेमिफाइनलमा उनले त्यो टिपवाला जुत्ता लगाएर दौडन सकेनन् ।

उनी भन्छन्, ‘कद्दा कुद्दै बीचैमा जुत्ता खोलेर खाली खुट्टा दौडिएँ ।’ उनी त्यसबेला १७ वर्षका थिए ।त्यसपछि स्वतन्त्ररुपमा उनले ०४२ सालसम्म एथलेटिक्सलाई निरन्तरता दिए । ०४४ सालतिर नेपाल प्रहरीमा भर्ना भए । प्रहरीमा भर्ना भएपछि पनि उनले आफ्नो खेल कौशललाई जारी राखे । विभागीय प्रतिस्पर्धामा उनले थुप्रै पदक दिलाए । हेमन चौधरी शनिश्चरे झापा भनेर जुन उचाइ थियो, त्यसलाई जीवितै राखे केही समय ।पछि प्रहरी सेवालाई पनि आधा बाटैमा बिदा गरे, जसरी खेल जीवनलाई पूर्णविराम लगाउन पुगेका थिए । अनि गुमनामझैँ भए । सधैँ देखिइरहने अनुहार ।

तर, थोरैको मानसपटलमा मात्र समेटिए, हेमन चौधरी । अहिले अर्जुनधारा नगरपालिकाको सेक्युरिटी सर्भिसमा आवद्ध छन् ।उनै प्रेरक व्यक्तित्व चौधरीलाई अर्जुनधारा नगरापालिकाको नगर खेलकुद विकास समितिले २७ असारमा दीर्घ सेवा खेलकुद सम्मान प्रदान गर्यो । सम्मान पाएपछि फेरि एकपटक उनी स्कुले जीवनमै फर्किए । सायद, सम्झे होलान्, यस्तै पुरस्कार र सम्मानले नै खेल र खेलाडीलाई जीवन्त राख्दछ‘।

प्रतिक्रिया
सम्बन्धित समाचार