फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको नौबत्ति युवा समुहलाई सांस्कृतिक पोशाक र बाजागाजा हस्तान्तरण गरिएको छ । चालु आर्थिक बर्ष २०७७÷७८ को वडा योजना अन्र्तगत लक्षित बजेटबाट जनजातिहरूको लोप हुन लागेको संस्कृति पोशाक र बाजागाजाहरू हस्तान्तरण गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघको समन्वय समितिको लागि विनियोजना गरिएको २ लाख रुपैया बजेट भित्रबाट वडा नं ४ मा रहेका मगर, लिम्बु, राई, नेवार, मुखिया, तामाङ्ग, गुरुङ र भुजेल जातिको पोशाक र बाजागाजा वडाध्यक्ष हरि दंगालीले हस्तान्तरण गरेको जनजाती महासंघका अध्यक्ष दिपक लिम्बुले जानकारी दिए ।