Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मृत्यु हुनेको संख्या ३१ पुग्यो, १३ जनाको सनाखत, घाइते भन्छन्,– ६४ यात्रु थिए

मृत्यु हुनेको संख्या ३१ पुग्यो, १३ जनाको सनाखत, घाइते भन्छन्,– ६४ यात्रु थिए

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ११ २०७४


मृत्यु हुनेको संख्या ३१ पुग्यो, १३ जनाको सनाखत, घाइते भन्छन्,– ६४ यात्रु थिए

काठमाडौं । राजविराजबाट काठमाडौं जाँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतक मध्ये ११ जना पुरुष, १० महिला र १० जना बच्चा रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

“१३ जनाको सनाखत भएको छ,” भण्डारीले भने, “म अहिले घटनास्थलमा नै छु, खोजी र उद्दार कार्य अन्तिम चरणमा पुगेको छ ।” भण्डारीका अनुसार १३ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा चन्द्रलेखा प्रमाणी, सिम्मीकुमारी झा, पार्वती चौधरी, सञ्जितकुमार झा, आदित्य यादव, ममतादवी ठाकुर, रामानन्द यादव, सुसान्त चौधरी, नरेश मुखिया, मञ्जितकुमार झा, चन्द्रवती झा, चन्द्ररेखा प्रमाणी, राजकपुर यादव छन् । अन्यको सनाखत हुन बाँकी छ ।

भण्डारीले नदीबाट गाडि तानेर किनारमा ल्याइसकिएको र थप खोजि भैरहेको जानकारी दिए । “घाइते १६ जना मध्ये २ जनालाई काठमाडौं ट्रमा सेन्टर पठाएको थियौं, जानकारीमा आएसम्म उहाँहरुको अवस्था सामान्य छ,” प्रजिअ भण्डारीले भने, “बाँकी १४ जना सामान्य चोटपटक लागेको मात्रै हो । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण आइनसकेको भन्दै उनले भने, “घाइतेले भने अनुसार ६४ जना यात्रु सवार थिए । चलानी भेटिएको छैन । उनीहरुका अनुसार सिराह गोलबजारबाट कोही पनि यात्रु चढेको छैन ।” तिहार र छठ पर्व सकेर काममा काठमाडौं फर्किएका दुर्घटनामा परेका हुन् ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित गरिएको प्रजिअ भण्डारीले भने । शनिबार बिहान ना ४ ख १४६६ नम्बरको बस धादिङको बागेमोडस्थित त्रिशूली नदीमा खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार