Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रका इन्चार्ज रमण प्रदेशसभामा सर्वसम्मत उमेद्धवार

माओवादी केन्द्रका इन्चार्ज रमण प्रदेशसभामा सर्वसम्मत उमेद्धवार

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ११ २०७४


माओवादी केन्द्रका इन्चार्ज रमण प्रदेशसभामा सर्वसम्मत उमेद्धवार

 इलाम ।  बाम गठबन्धनबाट माओवादी केन्द्रले इलामको प्रतिनिधिसभाको क्षेत्र नम्बर २ को ख को उमेद्धवार छनौट गरेको छ । गठबन्धनको केन्द्रिय कार्यदलबाट माओवादी केन्द्रले प्रदेशसभाको एक क्षेत्र पाउने निर्णय भएपछि माओवादी केन्द्रको सचिवालय बैठले उमेद्धवार छनौट गरेको हो ।  माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आथित्यमा इलाममा बसेको सचिवालय बैठले जिल्ला इञ्चार्ज धिरेन सर्मा रमणलाई उमेद्धवार बनाउने सर्वसम्वत निर्णय गरेको हो । बाम गठबन्धन हुनु अघि प्रतिनिधिसभाको क्षेत्र नम्बर एकबाट उमेद्धवार छनौट भएका रमणलाई पार्टीले गठबन्धनको प्रदेशसभाको उमेद्धवार बनाएको हो ।  प्रतिनिधसभाको क्षेत्र नम्बर २ को ख मा माओवादी केन्द्रले जनम राईलाई यस अघि प्रदेशसभाको उमेद्धवार बनउने निर्णय गरेको थियो ।  गठबन्धन भएपछि दूई पार्टीको सहमति अनुसार २ को ख प्रदेशसभा क्षेत्र माओवादीले पाएपछि  सर्वसम्मत रुपमा जिल्ला इञ्चार्ज रमणलाई छनौट गरिएको माओवादी केन्द्रका सचिवालय सदस्य प्रविन तिमिसिनाले बताए  । माओवादी केन्द्र इलामको २५ सदस्य जिल्ला सचिवालय रहेकोमा शुक्रबार भएको बैठकमा १८ जनाको सहभागिता रहेको कार्यलय सचिव जिवन सर्माले बताए ।

  बाम गठनन्धनको संयुक्त बैठक 

आसन्न निर्वाचनमा तालमेल हुँदै पार्टी एकतासम्म गर्नेगरी राष्ट्रियस्तरमा ने.क.पा. (एमाले) र नेकपा (माओवादी केन्द्र) नेतृत्वको बाम गठबन्धनको इलाम जिल्लास्तरीय पहिलो बैठक सम्पन्न भयो ।बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि जिल्लामा गठबन्धनको तर्फबाट निर्वाचन परिचालनको सम्पूर्ण काम गर्नेगरी ११ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय गरेको छ । कार्यदलमा एमालेको तर्फबाट जिल्ला कमिटी अध्यक्ष राम रानाको नेतृत्वमा ६ जना र माओवादी केन्द्रको तर्फबाट जिल्ला इन्चार्ज धिरेन शर्मा रमणको नेतृत्वमा ५ जना रहने गरी निर्णय भएको छ ।

बैठकमा एमालेबाट केन्द्रीय अनुशासन आयोग सदस्य अगम वान्तवा, जिल्ला अध्यक्ष राम राना, कार्यालय सचिव एवम् सचिवालय सदस्य नवराज शंकर, सचिवालय सदस्य गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई, सूर्य पोख्रेल, सदस्य श्यामकृष्ण घिमिरे लगायत जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।  यस्तै माओवादी केन्द्रको तर्फबाट पोलिटब्यूरो सदस्य श्रीपसाद जबेगु, जिल्ला इन्चार्ज रमण, जिल्ला संयोजक सिन्धु राई सहसंयोजक राम राई, उर्मिला तामाङ्ग प्रविन तिमसिना, राज राई, अशोक प्रधान, जिवन सर्मा, श्रीमान राई, बिजय राई, प्रभास सर्मा, दिपक सेन्चुरी लगायत जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार