Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा चिया टिपाई र प्रशोधनमा मापदण्ड तयार

सूर्योदय नगरपालिकामा चिया टिपाई र प्रशोधनमा मापदण्ड तयार

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २४ २०७८


सूर्योदय नगरपालिकामा चिया टिपाई र प्रशोधनमा मापदण्ड तयार

फिक्कल । कोरोना जोखिमको अवस्थामा चिया क्षेत्र संचालनका लागि सूर्योदय नगरपालिकाले  मापदण्ड तयार पारेको छ । नगर, चिया तथा कफि विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिहरुको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्युनतम ३ मिटर सामाजिक दुरी कायम गर्नुपर्ने भएको छ ।

अनिवार्य रुपमा मास्क, सेनिटाइजर पञ्जाको प्रयोग, चिया खाजाको व्यवस्था घरबाटै गर्ने, २ बजेसम्म संकलन केन्द्रमा संकलन गरेर ५ बजेभित्र उद्योगसम्म पु¥याउने, १÷१ घण्टामा साबुन पानीले हात धुने, एउटा बोरामा अधिकतम ३० केजी भन्दा बढि ढुवानी गर्न नपाउने मापदण्डमा उल्लेख छ ।

चिया प्रशोधन कार्यमा २ वा ३ भन्दा बढि श्रमिक राख्न नपाउने, गुणस्तरिय चिया उत्पादन कार्यविधि २०७५ को पालना गर्नुपर्ने, श्रमिक वा अन्य कामदारको विवरण प्रत्येक दिन सम्बन्धित वडामा बुझाउने, चिया टिप्न प्रयोग गरिने सुरक्षा सामाग्री मजदुरलाई सम्बन्धित चिया कृषकले उपलब्ध गराउनुपर्ने, चिया ढुवानीको सवारी वडा कार्यालयमा दर्ता भएको हुनुपर्ने लगायतका बुदाहरु समेटिएका छन् ।

चिया क्षेत्रमा संलग्न किसान, श्रमिक वा उद्योगमा कार्यरत मजदुरमा संक्रमण देखिएमा स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ । संक्रमितहरुलाई उपचारको लागि अस्पतालसम्म लग्न सवारीसाधनको व्यवस्था नगरले गर्ने जनाइएको छ ।

यसअघि गत बर्ष पनि नगरले १४ बुदे मापदण्ड पालना लागु गराएर चिया टिपाईलाई सहज बनाएको थियो । चिया विक्री नहुँदा किसानहरुको हरियोपत्तीको मुल्य दिन नै समस्या हुने गरेको गुनासो छ। नेपाली चियाको मुख्य बजार भारत हो। नेपाली तयारी चियाको ८५ प्रतिशत बजार भारत हो। अहिले कोरोनाको संक्रमणका कारण नेपाली उत्पादन भारत तर्फ निर्यात हुन सकेको छैन्।

जसको चिन्ता उद्योगीहरुलाई छ। केहि दिन अघि उद्योगीले कोरोनाको जोखिमलाई ध्यानमा राखेर उद्योग बन्द गरेको जनाएका थिए । नगरसंगको समन्वयमा संचालन सहज बनाउने लागिएको जनाइएको छ । नगरले तयार गरेको मापदण्डलाई पालना गर्दै आजबाट उद्योग संचालनमा आउने भएको छ ।

सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनका अध्यक्ष उत्तम श्रेष्ठले विज्ञप्ती जारी गर्दै नगरको जेठ २३ गतेको निर्णयको पालना गर्दै उद्योग संचालन गर्न एसोसिएनमा आवद्ध उद्योगी, मजदुर, किसानहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार