Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची आयुर्वेदबाट ४१५ कोरोना संक्रमितले लिए सेवा

मेची आयुर्वेदबाट ४१५ कोरोना संक्रमितले लिए सेवा

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १९ २०७८


मेची आयुर्वेदबाट ४१५ कोरोना संक्रमितले लिए सेवा

फिक्कल । कोरोनाको संक्रमण बढ्न थालेपछि मेची आयुर्वेद औषधालयले संचालन गरेको परामर्श एवम उपचार सेवाबाट ४१५ जना लाभान्वित भएका छन् । औषधालयले १७३ जना महिला र २४२ पुरुषलाई सेवा परामर्श एवम उपचार गरेको हो ।

औषधालयले बैशाख २७ गतेबाट इलामका १० स्थानीय तह र झापाका कोरोना संक्रमित पत्रकारहरुलाई गुर्जोचूर्ण, जेष्ठीमधुचूर्ण, त्रिकटुचूर्ण र अश्वगन्धा निःशुल्क उपलब्ध गराएको थियो । औषधालयले सबैभन्दा धेरै १९ देखि ४० बर्ष उमेर समुहकालाई सेवा प्रवाह गरेको हो ।

४१ देखि ६० बर्ष उमेर समुहका १०५, ६१ देखि ८० बर्षसम्मका ५० जना, ८१ बर्षमाथिका १८ जना र १८ बर्षमुनिका ४१ जनामा सेवा दिएको हो । जिल्लामा हालसम्म ९५३ जना संक्रमित भएका छन् । जसमा १५१ जना निको भएका छन् । औषधालयले परामर्श दिएका मध्ये हालसम्म कसैको पनि निधन नभएको सुचना अधिकारी तिर्थ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार