Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अभियानबाट सूर्योदय, रोङ र माईजोगमाईमा स्वास्थ्य सामग्री हस्तान्तरण

अभियानबाट सूर्योदय, रोङ र माईजोगमाईमा स्वास्थ्य सामग्री हस्तान्तरण

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १८ २०७८


अभियानबाट सूर्योदय, रोङ र माईजोगमाईमा स्वास्थ्य सामग्री हस्तान्तरण

फिक्कल । स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोष मार्फत संकलित स्वास्थ्य सामग्रीहरु इलामका ३ स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । इलामेलीको पीडामा मल्हम पट्टी हाम्रो अभियान अन्तर्गत जुटेको सहयोगबाट आज सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकालाई जनही एक लाख ४० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । अभियन्ताहरुले सूर्योदय नगरपालिकाको प्राङगणमा ३ वटै स्थानीय तहका प्रमुख एवम प्रतिनिधिहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

अभियान मार्फत गाउँपालिकालाई सेमि फोल्डीड. बेड तीन थान, सादा बेड दुइ थान, पीपीइ ५ सेट, सेनिटाइजर १० लिटर मास्क ५ सय थान, ग्लोव्स २ जोर, फेस शिल्ड १३ थान, थर्मल गन एक थान र अक्सीमीटर २ थान हस्तान्तरण गरिएको छ । सामाग्री ग्रहणपछि बोल्दै सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कोभिडको भयावह अवस्था कायमै रहेकाले जिल्लालाई सुरक्षित राख्नका लागि सबै एक जुट हुनु पर्ने बताए । उनले हस्तान्तरण गरिएको सामग्रीले नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमीका खेल्ने बताए ।

यसै गरी रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बिपतमा बितरण गरिएको सामग्रीले भावी पुस्ता सम्मा महामारीको सम्झना र अभियान्ताको सम्झना भइरहने बताए । उनले उक्त सामग्रीले पालिकालाई ठूलो राहात मिलेको बताए । इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले कोभिडलाई जित्नका लागि उच्च मनोबल बनाएर नागरिकको सुरक्षामा बिभिन्न संघ संस्था जुटीरहेको बताए ।

अभियान अन्तर्गत कोष मार्फत इलाम अस्पताललाई ६ लाख बराबरको र माङसेबुङ गाउँपालिकालाई १ लाख ४० हजार बराबरको स्वास्थ्य सामग्री यस अगाडि नै उपलव्ध गराएको छ । कोषमा अमेरिका र क्यानडाका इलामेलीहरुले करिव १८ लाख सहयोग जुटाएका छन् । यस्तै जिल्ला सहकारी संघ मार्फत एक लाख सात हजार जम्मा भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार