नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न–३ नामसालिङकाे घलेडाँडामा ४१ जनामा गरिएको परिक्षणमा जम्मा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा कोरोना पुष्टि भएको माईजोगमाई गाउँपालिका स्वास्थ शाखा प्रमुख राम शङ्कर देवले जानकारी दिए ।
उक्त ठाउँमा केही दिन यता कोरोना सँग मिल्दो जुल्दो लक्षणहरु देखिए पछि माईजोगमाई गाउँपालिका स्वास्थ शाखाबाट परिक्षण गरिएको थियो । माईजोगमाई गाउँपालिकाले पछिल्लो समय एन्टिजेन विधिबाट कोरोना भाइरसको परिक्षणलाई तिब्रता दिएको छ । गाउँपालिकाको ६ वटै वडामा कोरोना संक्रमण भेटिएको छ ।
पछिल्लो समय वडा न ३ र वडा न ४ मा कोरोना तिब्र रुपमा फैलिरहेको स्वास्थ्य शाखाले जनाएको छ । कहाँबाट कोरोना आयो भन्नेमा अन्योल रहेको स्थानिय बताउँछन् । अहिले सम्म माईजोगमाई गाउँपालिकामा १२३ जनामा कोरोना संक्रमण देखिसकेको छ । ९ जना संक्रमणमुक्त हुँदा १ जनाको ज्यान गएको छ ।