Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपालद्धारा स्वास्थ्य सामाग्री प्रदान

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपालद्धारा स्वास्थ्य सामाग्री प्रदान

  • सन्देश सम्बाददाता
  • बिहिबार, जेष्ठ १३ २०७८


कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपालद्धारा स्वास्थ्य सामाग्री प्रदान

धरान । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले विहीबार नेपाल पत्रकार महासँघ सुनसरीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रदेश समिति र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलाई हस्तान्तरण गरे ।

स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधि लगायत छन् । कोभिड–१९ महामारीका बावजुद स्थलगत पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई मास्क र सेनीटाइजर र संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका पत्रकारहरुका लागि औषधि उपलब्ध गराइएको संगठनका सुनसरी संयोजक अर्जुन शर्माले बताए । सबै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ मार्फत एकद्धार प्रणालीबाट वितरण होस भन्ने उद्धेश्यले महासंघलाई सामाग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्रेस संगठन प्रदेश १ समितीले विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण उपचाररत पत्रकारहरुको स्वास्थ्यलाभको समेत कामना गरेको छ । संगठनका सचिव सुजन तिमसिनाले विज्ञप्ती जारी गर्दै विषम परिस्थीतिमा कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई उच्च सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । विगत वर्षहरुमा इच्छुक स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरिँदै आएकोमा यसवर्ष कोभिड महामारीका कारण प्रत्यक्ष कार्यक्रम सम्पन्न गर्न सम्भव नभएकोले नेपाल पत्रकार महासंघलाई सामाग्री हस्तान्तरण गरी सांकेतिक रुपमा इच्छुक स्मृति दिवस मनाइएको संगठनका १ नं. प्रदेश संयोजक श्रीशीशा राईले बताए ।

कोभिडबाट संक्रमित भई स्वास्थ्यलाभ गरिरहेका र जोखिमबाट जोगिँदै पत्रकारिता गरिरहेका पत्रकारहरुका न्युनतम आवश्यकता मध्यनजर गर्दै सद्भाव व्यक्त गरिएको उनले जानकारी दिए । प्रदेशका प्रेस संगठन नेपालका विभिन्न जिल्ला कार्यसमितिहरुले पनि कृष्ण सेन इच्छुक स्मृति दिवस मनाएको  छ । प्रेस संगठन नेपाल ताप्लेजुङ जिल्ला समितिले नेपाल पत्रकार महासँघ ताप्लेजुङ शाखालाई जिल्लाका क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनीटाइजर प्रदान गरेको छ ।

आयोजित एक विशेष कार्यक्रममा संगठनका केन्द्रिय सदस्य प्रयास लिम्बुले महासंघ ताप्लेजुङ अध्यक्ष आनन्द गौतमलाई उक्त सामाग्री हस्तान्तरण गरे। प्रेस संगठन नेपाल पाँचथरले समेत इच्छुकको स्मृति दिवसको अवसरमा सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । पाँचथरमा रहेका सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरूका लागि सेनिटाइजर, माक्स सहितका सामग्री प्रदान गरिएको प्रेस संगठनका सेसेहाङ लावतीले जानकारी दिए । नेपाल पत्रकार महासंघ पाँचथर शाखा मार्फत जिल्लाका सञ्चारकर्मी सम्म उक्त सामग्री पुग्ने छन । नेकपा माओवादी केन्द्रका नेता हर्क नेम्बाङ मिक्सोको सहयोगमा सामग्री प्रदान गरिएको संगठनले जनाएको छ ।

प्रगतिशिल लेखक, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको जन्म वि.सं. २०१३ कात्र्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । अभिव्यक्ति स्वतन्त्रता, मुक्ति र समावेशी आन्दोलनमा होमिने क्रममा उनी माओवादी सशस्त्र संघर्षमा लागे । द्वन्दकै क्रममा नेपाली सेनाबाट उनको २०५९ जेठ १३ महेन्द्र पुलिस क्लवमा हत्या गरियो ।

यसैविच इच्छुकको स्मृतिमा प्रेस संगठन नेपाल केन्द्रिय समितिले एक विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गरेको छ । अध्यक्ष महेश्वर दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा इच्छुकका सपनाहरु पुरा गर्न अझै बाँकी रहेकोले उनले देखाएको बाटोमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार