Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोनाको उपचार शुल्क बुझाउन नसक्दा फिक्कलका गदाल अस्पतालबाट घर फर्कन सकेनन्

कोरोनाको उपचार शुल्क बुझाउन नसक्दा फिक्कलका गदाल अस्पतालबाट घर फर्कन सकेनन्

  • रोशन काफ्ले
  • मंगलबार, जेष्ठ ११ २०७८


कोरोनाको उपचार शुल्क बुझाउन नसक्दा फिक्कलका गदाल अस्पतालबाट घर फर्कन सकेनन्

इलाम । नेपाल लगायत अन्य देशमा कोरोनाको नयाँ भेरियन्ट बाट संक्रमितको सङ्ख्या दिनानुदिन बढिरहँदा इलाम लगायत इलामका १० वटै स्थानीय तह पनि यो रोगबाट अछुतो रहन सकेन । दैनिक जसो संक्रमितहरुको संख्या बढ्दै गर्दा सूर्योदय नगरपालिका–९ मा बसोबास गरिरहेका सरोज गदाल समेत सँक्रमित बन्न पुगे । तर बैशाख २५ गते झापा स्थित विर्तासिटी अस्पताल भर्ना भएका उनी संक्रमणमुक्त भएपनि अस्पतालबाट घर फर्कन सकेका छैनन् ।

आर्थिक अवस्था कमजोर भएका उनले अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा डिस्चार्ज हुन सकेका छैनन् । स्थायी घर खोटाङ भएका गदाल ३३ बर्ष अगाडि कामको सिलसिलामा फिक्कल आएक थिए। गदालले अहिले सम्म नागरिक्ता सम्म नपाएको गदालकी आफन्त मेघा विश्वकर्माले जानकारी दिइन । पारिवारिक अवस्था निकै कमजोर भएका गदालले अस्पतालको २ लाख बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न बाध्य भएको सरोजकी छोरी कृपा गदालले जानकारी दिइन ।

यता सुर्योदय नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले पनि गदाल परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले विभिन्न संघ संस्था मार्फत ३० हजार रुपैंयाँ सहयोग गरेको बताए । कोरोनाका बिरामीलाई कुनै छुटको ब्यवस्था नरहेको अस्पतालले बताएको र रकम धेरै उठेकोले बिरामीलाई निकाल्न समस्या भएको शर्माको भनाई छ । बिरामीका परिवारले अस्पताललाई अहिले सम्म करिब ४० हजार रुपैंया बुझाई सकेको बताएका छन् ।

अस्पतालले भने बिरामीले भने जति खर्च नउठेको जनाएको छ । अस्पताल प्रशासनका प्रमुख दिल बस्नेतका अनुसार बिरामीले अस्पताललाई करिब ९४ हजार र फार्मेसीलाई ५३ हजार रुपैंयाँ मात्र भुक्तानी गर्न बाँकी छ । बिरामीका आफन्तले केही समय पछि रकम बुझाउने बताउँदै आएको तर समयमा भुक्तानी नगर्दा समस्या भएको बस्नेतले बताए । बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भएको भए केही रकम छुटको लागि आफुले पनि पहल गर्ने बस्नेतको भनाई छ ।

गदाललाई अस्पतालबाट निकाल्न सुर्योदरनगरपालिका तथा माईजोगमाईका युवाहरु लागि परेका छन । बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भए पछी पत्ररका दिनेश महतको संयोजकत्वमा सरोज गदाललाई घर फर्काउने अभियान सरु गरिएको छ । गदालको उपचारमा लागेको खर्च तिरेर अस्पतालबाट निकाल्न अभियान थालेको माईजोगमाईका युवा दुर्गा बहादुर सुवेदीले जानकारी दिए ।अहिले सम्म विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ती हरुले सहयोग जुटाउन अभियान थालेका छन । माईजोगमाई तथा सुर्योदय नगरपालिका का युवाहरुले सरोज गदाल बचाउ अभियान थालेकै दिन रकम समेत जुटन थालेको छ ।
क–कसले कति रकम सहयोग गरे
धनमाया सुबेदी राई ९ हजार ७ सय ५०
कुशुम दाहाल ५ हजार
तोया महत ५ हजार
ईलामेलीहरूको पिडामा महलम लगाउने अभियान ५ हजार (निरोज खडगी)
दिनेश महत २ हजार ५ सय
मोहन गुरूङ २ हजार ५ सय
प्रदिप खडका २ हजार
दुर्गा सुबेदी २ हजार
अनिल सुबेदी २ हजार
बिप्लब भट्टराई १ हजार
खगेन्द्र बास्तोला १ हजार
कुमार थापा १ हजार
जनक महत १ हजार
सुमन बेघा लिम्बु १ हजार
निश्चल हेमा जि ५ सय
अन्य व्यक्ति हरुबाट पनि सहयोग रकम उठने क्रम जारी छ । माईजोगमाई गाउँपालिका वडा नम्बर ३ का युवा सुनिल प्रधानले अस्पतालबाट गदाललाई एम्बुलेन्समा फिक्कल सम्म ल्याइदिने भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार