Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा ४७ को परिक्षण गर्दा २५ पोजेटिभ

माईजोगमाईमा ४७ को परिक्षण गर्दा २५ पोजेटिभ

  • रोशन काफ्ले
  • सोमबार, जेष्ठ १० २०७८


माईजोगमाईमा ४७ को परिक्षण गर्दा २५ पोजेटिभ

नयाँबजार । माईजोगमाई गाउँपालिकामा कोरोना संक्रमण बढ्दै जान थालेपछि आज गरिएको एन्टिजेन परिक्षणमा २५ जनाको रिपोट पोजेटिभ आएको छ । वडा नं ४ मा ४७ जनामा गरिएको परिक्षणमा २५ जनामा संक्रमण देखिएको हो । संक्रमित सवै स्थानीबासिन्दा नै रहेको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।

भारतसंग सिमाना जोडिएको गाउँपालिकाको विभिन्न क्षेत्रमा कोरोनासंग मिल्ने लक्षण देखिएपछि एन्टिजेन विधिबाट परिक्षणको दायरालाई बढाउदै लगिएको छ । गाउँपालिकामा अन्य पालिका र देशबाट कति मान्छे आए भन्ने नखुल्दा संक्रमण बढ्दै गएको हो । वडा न ४ को गैरिगाउ भन्ने ठाउमा कोरोना संक्रमण उच्च रुपमा फैलिएपछि पुर्ण रुपमा सिल गर्ने तयारी भइरहेको छ ।

वडाध्यक्ष गणेश कुमार राईका अनुसार संक्रमण देखिएको र लक्षण देखिने बितिक्कै ७५% सिल गरेकोमा आज बाट उक्ल ठाउलाई पुर्ण रुपमा सिल गरिने भएको छ । संक्रमित व्यक्तिहरु २० देखि ८८ बर्ष उमेर समुहका रहेको राईले जानकारी दिए ।

माईजोगमाई गाउपालिका भरी अहिले सम्म पिसिआर तथा एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ५८ मा संक्रमण देखिएको छ । १ जनाको मृत्यु समेत भएको छ । जम्मा ८६ जनाको एन्टिजेन बिधिबाट परिक्षण गरिएकोमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अन्य केहिको पिसिआर टेस्ट गरिएको र रिपोर्ट आउन बाकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार