Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको माईजोगमाईमा आज १० जना संक्रमित थपिए

इलामको माईजोगमाईमा आज १० जना संक्रमित थपिए

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ५ २०७८


इलामको माईजोगमाईमा आज १० जना संक्रमित थपिए

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा आज १० जना कोरोना संक्रमित थपिएका छन । गत जेठ १ गते कोरोना संग मिल्दो जुल्दो लक्षण देखिए पछि १६ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्न बिराटनगर पठाईएकोमा आज १० जनाको पोजेटिभ रिर्पोट आएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवका अनुसार  वडा नं १ मा ४ जना , वडा नं मा ३ जना , वडा नं ४ मा १ जना , वडा नं ५ मा १ जना र वडा नं ६ मा २ गरि जम्मा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थमा समस्या आएकाहरुलाई स्वास्थ चौकी बोलाएको देवले जानकारी दिए ।

यो संगै माईजोगमाईमा संक्रमितको संख्या १६ जना पुगेको छ । स्वास्थ्य शाखा प्रमुख देवले संक्रमित बढे संगै परीक्षण बढाउनु पर्ने र बजार क्षेत्रमा थप कडाई गर्नु पर्ने बताए । गाउँपालिकामा हाल सम्म १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार