Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जिससका इन्जिनियरले दिए बुद्धाश्रमलाई हाउजीमा परेको पुरस्कार रकम

जिससका इन्जिनियरले दिए बुद्धाश्रमलाई हाउजीमा परेको पुरस्कार रकम

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ७ २०७४


जिससका इन्जिनियरले दिए बुद्धाश्रमलाई हाउजीमा परेको पुरस्कार रकम

इलाम । जिल्ला समन्वय समिति इलामका प्रमुख इञ्जिनियर तथा निमित्त स्थानिय विकास अधिकारी ओमराज ढुङ्गानाले हाउजी (बिङ्गो) मा परेको रकम बृद्धाश्रमलाई हस्तान्तरण गरेका छन् । बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा इलाम वजारमा सञ्चालन गरिएको हाउजीमा उनलाई एकलाख चार हजारमा रुपैया परेको थियो । उनले हाउजीमा परेको रकममा सात हजार एक सय एघार रुपैया थपेर एकलाख एघार हजार एक सय ११ रुपैयाँ बृद्धाश्रमलाई हस्तान्तरण गरेका हुन् । उनले इलाम नगरपालिका १० गोदकमा सञ्चालित माइभगवती बृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई सोमबार एक कार्यक्रमका विच सो रकम हस्तान्तरण गरे ।
ढुङ्गानाले आफ्ना स्वर्गीय पिता डिल्लीराम ढुङ्गानाको नाममा जेष्ठ नागरिकको लालनपालन र स्याहार सुसाहारमा खर्च हुने गरि रकम हस्तान्तरण गरेको बताए । ढुङगानाले दिएको रकमलाई बृद्धाश्रमको अक्षय कोषमा रकम जम्मा गरिने बृद्धाश्रमकी अध्यक्ष विष्णु दाहालले जानकारी दिइन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका सभापती गणेश वरालले जेष्ठ नागरिक को सम्मान गरे मात्र आफुले पनि सम्मानित जिवन यापन गर्न सकिने धारणा ब्यक्त गरे । आगामी दिनमा जिससले भ्याए सम्म सहयोग गर्न समेत आफुहरु तयार रहेको उनले वताए । चितवन भरतपुर महानगरपालिका घर भएका ढुङ्गना तीन वर्ष देखी जिल्ला समन्वय समिति इलाममा डिभिजन इन्जिनियरका रुपमा कार्यरत छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार