Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा ‘घरघरमा मेची आयुर्वेद” कार्यक्रम सम्पन्न

इलाम नगरपालिकामा ‘घरघरमा मेची आयुर्वेद” कार्यक्रम सम्पन्न

  • रोशन राई
  • मंगलबार, बैशाख २८ २०७८


इलाम नगरपालिकामा ‘घरघरमा मेची आयुर्वेद” कार्यक्रम सम्पन्न

इलाम । मेची आयूर्वेद औषधालयले घरघरमा मेची आयुर्वेद कार्यक्रमको आज इलाम नगरपालिकामा संचालन गरिएको छ । आयुर्वेदले इलाम सदरमुकाममा रहेको कोभिड अस्पताल र संक्रमितहरुको घरघरमा गई सेवा दिएको हो । इलाममा डा बिजय श्रेष्ठ र रुपा निरौलाको नेतृत्वमा २ वटा टोली परिचालन गरि ५६ जनालाई अभियान अन्र्तगत सेवा प्रदान गरिएको सुचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिए ।

भोली चुलाचुली गाउँपालिकामा रहेको कोरोना संक्रमितहरुलाई अभियान अन्र्तगत रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने प्राणयाम, योग सिकाउने, आयुर्वेद औषधीहरु वितरण गरिने आचार्यले जानकारी दिए । झापामा संक्रमित पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको समन्वयमा अभियानमा उपलब्ध सेवा प्रदान गर्नका लागि तयारी भएको छ ।

औषधालयले १० वटै स्थानीय तहमा कार्यक्रम संचालन गरिरहेको छ । अभियानलाई आवश्यक समन्वय र सहजीकरणको लागि १० वटै स्थानीय तहमा जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार