Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोभिड महामारी नियन्त्रणका लागि ‘घर घरमा मेची आयुर्वेद’ अभियान

कोभिड महामारी नियन्त्रणका लागि ‘घर घरमा मेची आयुर्वेद’ अभियान

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २७ २०७८


कोभिड महामारी नियन्त्रणका लागि ‘घर घरमा मेची आयुर्वेद’ अभियान

फिक्कल। नयाँ भेरिएन्ट सहितको कोरोनाको जोखिम बढ्दै गएपछि मेची आयूर्वेद औषधालयले घरघरमा मेची आयुर्वेद कार्यक्रमको सुरुवात गरेको छ । औषधालयले संक्रमितको घर वा आइसोलेसनमा गई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने प्राणयाम, योग सिकाउने, आयुर्वेद औषधीहरु वितरण गरेको हो ।

कार्यलयका सुचना अधिकारी तिर्थराज आचार्यले स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी प्रोटोकल अनुसारको पहिलो दिन माई नगरपालिका र रोङ गाउँपालिकामा कार्यक्रम को सुरुवात गरिएको छ । रोङ गाउँपालिकाकामा १३ जनालाई सेवा दिइएको आचार्यले जानकारी दिए ।

उनका अनुसार औषधालयले सुरु गरेको अभियान देशभरमै आयुर्वेदमा पहिलो हो । अभियानलाई आवश्यक समन्वय र सहजीकरणको लागि १० वटै स्थानीय तहमा जिम्मेवारी तोकिएको छ । बिशेषज्ञ परामर्शको लागि डा बिजय श्रेष्ठ, कार्यालय व्यवस्थापन तथा सुचना अधिकारी तिर्थराज आचार्य, र रेकडिङका लागि गुनप्रसाद दुलालाई जिम्मेवारी तोकिएको छ ।

डा उपेन्द्र गुप्ता र सुस्मिता राई माईजोगमाई गाउँपालिका, हिरादेवी गुरुङ रोङ गाउँपालिका, श्यामा मगर र यशोदा दाहाल सूर्योदय नगरपालिका, खगेन्द्र भट्टराई र ज्ञानु योञ्जन माई नगरपालिका, रुपा निरौलालाई इलाम नगरपालिकामा अभियान संचालनका लागि जिम्मेवारी तोकिएको छ ।

विश्वमणी ढकाल माङसेबुङ गाउँपालिका, शर्मीला गुरुङ सन्दकपुर गाउँपालिका, सन्तोष घले फाकफोकथुम गाउँपालिका र मनिषा बिष्टलाई देउमाई नगरपालिकामा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार