Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

माईमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २३ २०७८


माईमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने

माई । झापासंगको सिमाना जोडिएको इलामको माई नगरपालिकाले संक्रमण रोक्नका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले बैशाख २३ गते राती १२ बजेबाट आगामी ३१ गतेसम्म लागु हुने गरी अत्यावश्यक बाहेका सेवाहरु बन्द गर्ने भएको हो ।

नगरपालिका क्षेत्र भित्र रहेका खाध्य सामाग्री विक्री गर्ने पसलहरु विहान ६ बजेबाट ११ बजेसम्म खुल्ला गर्ने र औषधी पसल बाहेक अन्य सम्पुर्ण पसलहरु बन्द गर्ने भएको छ । यात्रु ओसारपसार गर्ने सार्वजनिक साधनहरुलाई बन्द गरिने भएको छ । औषधी, खाध्य सामाग्री, दुधको ट्याङ्कर लगायत दैनिक आवश्यक सामाग्री र निर्माण सामाग्री ढुवानी गर्ने साधनहरु संचालनका लागि अवरोध नगरिने नगर प्रमुख दिपककुमार थेबेले जानकारी दिए ।

वडा कार्यालयबाट दिइदै आएको सेवाहरु मध्ये अत्यावश्यक बाहेका अन्य सेवाहरु बन्द गरिने छ । भिडभाड जम्मा गर्ने खेलकुद तथा मनोरञ्जनको रुपमा रहेको क्यारेमबोड खेल्ने कार्यलाई समेत निषेध लगाइने नगरपालिकाको निर्णयमा उल्लेख छ । माई नगरपालिकामा हालसम्म ४ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार