Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कोरोना संक्रमितको संख्या शतक नजिक

इलाममा कोरोना संक्रमितको संख्या शतक नजिक

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख २२ २०७८


इलाममा कोरोना संक्रमितको संख्या शतक नजिक

इलाम ।  नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमितको संख्या इलाममा शतक नजिक पुगेको छ । आज एकै दिन २६ जना संक्रमित थपिएसंगै इलाममा संक्रमितको संख्या ९९ पुगेको हो । जसमा ६० जना पुरुष र ३९ जना महिला रहेका छन् । इलाम नगरपालिकामा मात्रै आज १३ पुरुष र ५ महिला गरी १८ जना संक्रमित भएका छन् ।

रोङ गाउपालिकामा एक महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण भएको छ । सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा १÷१ जना संक्रमित भएका छन् । इलाममा हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका २ जना रहेका छन् ।

अहिले सम्म इलामको इलाम नगरपालिकामा सवै भन्दा वढी २७ महिला र ३२ पुरुष गरी ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सूर्योदय नगरपालिकामा १ महिला र ४ पुरुष गरी ५ जना, देउमाई नगरपालिकामा ३ जना पुरुष, माइ नगरपालिकामा ४ जना पुरुष, माइजोगमाई गाउँपालिकामा एक जना महिला एक जना पुरुष गरी २ जना, रोङ गाउँपालिकामा ७ जना महिला र ११ जना पुरुष गरी १८ जनामा संक्रमण देखिएकाे छ ।

चुलाचुली गाउँपालिकामा दुई जना महिला र चार जना पुरुष गरी ६ जना, फाकफोकथुम गाउ्रँपालिकामा एक जना महिला र एक जना पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको छ । इलामका दुईवटा गाउँपालिका माङसेवुङ गाउँपालिका र सन्दकपुर गाउँपालिका भने अहिले सम्म कोरोनाको कहरबाट सुरक्षित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार