विराटनगर । प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारकालागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो ।
अस्पतालमा आजदेखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए ।

उनले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए । मुख्यमन्त्री राईले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताए । विराटनगर बाहेक जिल्ला स्तरमापनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागिजिल्ला अस्पतालहरुलाई निर्देशनदिई सकिएको उनले बताए विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवस्यक देखिएको बताउँदै प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको राईले बताए ।

विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए । सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन् ।
कोभिड अस्पतालको लागि आवस्यक जनशक्तिको व्यवस्थापन भईसकेकाबताउँदै एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताइन् । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उनले बताइन् ।