Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा वडा स्तरिय अध्यक्ष कप समेत स्थगित

नयाँबजारमा वडा स्तरिय अध्यक्ष कप समेत स्थगित

  • रोशन काफ्ले
  • सोमबार, बैशाख १३ २०७८


नयाँबजारमा वडा स्तरिय अध्यक्ष कप समेत स्थगित

नयाँबजार । कोरोनाको जोखिम बढेसंगै इलामको माईजोगमाई गाउँपालिकामा आयोजना गरिएको माईजोगमाई गाउँपालिका वडा स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित भएको छ । गाउँपालिकाको केन्द्र नयाँबजारको बालागुरु रंगशालमा बैशाख १४ गतेबाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता कोरोनाको जोखिम बढ्दै गएपछि स्थगन गरिएको माईजोगमाई खेलकुद परिषदले जनाएको छ ।

कोभिड १९ को पहिलो महामारी केही हद सम्म न्यून भएपछी फुटबलको तयारी गरिएको थियो । पुनः कोभिड १९ को दोस्रो लहर इलाममा समेत देखिएपछि अन्ति तयारी भइसकेपनि स्थगन गर्नुपरेको परिषदका सचिव प्रविण राईले जानकारी दिए । ६ वटा वडाका टिम उपस्थित हुने भनिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख मेडल ट्र्फि प्रमाणपत्र र २० तोलाको माईजोगमाई अध्यक्षकप रनिङ सिल्ड प्राप्त गर्ने तय भएको थियो ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित

त्यसैगरी उपविजेताले नगद ५० हजार सहित मेडल ट्र्फि प्रमाणपत्र प्रदान गरिने भएको थियो । ६ वटा टिमलाई फुटबलमा सहभागी गराएर उत्कृष्ट खेलाडी छनोट गरि माईजोगमाई गाउपालिकाको खेलकुद टिम समेत बनाउने तयारी आयोजकहरुको थियो ।

प्रतियोगितामा टाढा टाढाको मानिसहरु आउने र भिडभाडका कारण कोरोनाको जोखिम बढ्ने भएपछि प्रतियोगिता स्थगित गरिएको गाउँपालिका अध्यक्ष का स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए । यसअघि बैशाख ११ गतेबाट माईजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता पनि स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार