Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका विद्यालयहरु भोलीबाट प्रत्यक्ष शिक्षण नहुने

इलामका विद्यालयहरु भोलीबाट प्रत्यक्ष शिक्षण नहुने

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १३ २०७८


इलामका विद्यालयहरु भोलीबाट प्रत्यक्ष शिक्षण नहुने

इलाम । संक्रमितहरु बढ्दै जान थालेपछि इलाम नगरपालिकाका विद्यालयहरुमा प्रत्यक्ष शिक्षण नहुने भएको छ ।सोमबार बसेको नगर शिक्षा समितिको बैठकले संक्रमणको जोखिम दिनानुदिन बढ्दै गएको कारण प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको हो ।

बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट त्यस अगावै परीक्षा सञ्चालन गर्न पनि नगरले विद्यालयहरुलाई निर्देशन दिएको छ । इलाम नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सुचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले विद्यालयमा भौतिक रुपमा प्रत्यक्ष उपस्थित भएर सिकाइ  सहजीकरण गर्न असहज भएको जनाएकाे छ ।

 साथै सूचनामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ । कक्षा ८ को बार्षिक परिक्षा नगर स्तरिय परीक्षा समितीको निर्णय अनुसार जानकारी गराइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार