Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

स्व देउकुमार राई स्मृति नकाउट फुटबल : आज पनि ३ खेल हुँदै

स्व देउकुमार राई स्मृति नकाउट फुटबल : आज पनि ३ खेल हुँदै

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख १३ २०७८


स्व देउकुमार राई स्मृति नकाउट फुटबल : आज पनि ३ खेल हुँदै

कन्याम । स्व देउकुमार राई स्मृति नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आज ३ खेल हुँदैछन् । वडा नं ६ को डुँडेगैरा खेलमैदानमा जारी प्रतियोगितामा आज पहिलो खेलमा एमएन्डएस आहाले र भेनस एफसी, प्रदेश नं १ प्रहरी कार्यालय विराटनगर र सहयात्री एफसी आहाले तथा कान्दुक फुटसल र होक्से एफसी बुधबारेबिच प्रतिस्पर्धा हुँदैछ ।

आइतबार सम्पन्न खेलमा सयपत्री एफसी झापा, राइजिङ हिरोस् र आयोजक बिजयी भएका छन् । पहिलो खेलमा सयपत्रीले पापा सेभेनलाई सडनडेथमा पराजित गर्न सफल रहयो । निर्धारित समयमा १–१ र टाइब्रेकरमा समेत बराबरी भएपछि निर्णयका सडनडेथबाट गरिएको हो । खेलको म्यान अफ दि म्याच बिजयी टिममा गणेश हेमरम घोषित भए ।

दोश्रो खेलमा राइजिङ हिरोस्ले व्वाइज युनाइटेडलाई ४–० ले हरायो । खेलमा २ गोल गरेका राइजिङ हिरोस्का प्रविन राई म्यान अफ दि म्याच घोषित भए । अन्तिम खेलमा आयोजकले मिसाम एफसी रोङलाई टाइब्रेकरमा पराजित ग¥यो । निर्धारित समयमा १–१ गोल भएपछि टाईब्रेकरमा आयोजक बिजयी बन्यो । खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक कुमार तामाङ घोषित भए ।

प्रतियोगितामा इलाम, झापा, मोरङका २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार पाउनेछन् । गत कार्तिक १७ गते असायमिक निधन भएका वडा सदस्य देउकुमार राईको स्मृतिमा वडा नं ६ को कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार