Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

काे बन्ला विराट गोल्डकप च्याम्पियन ?

काे बन्ला विराट गोल्डकप च्याम्पियन ?

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख ३ २०७८


काे बन्ला विराट गोल्डकप च्याम्पियन ?

विराटनगर । छैटौ संस्करणको विराट गोल्डकपको उपाधिको लागि विभागीय टोली एपिएफ र पञ्जाव पुलिस प्रतिस्पर्धा गदैछन् । विराटनगर स्थित सहिद रंगशालामा हुने खेल जित्नै एपिएफ सिजनको उपाधिमा ह्रयाट्रिक गर्ने अवसरको खोजीमा रहँदा पाहुना टोली नेपाली भुमिमा आफुलाई प्रमाणित गर्ने छ । एपिएफले विभागीय डर्वीको अर्को प्रतिद्धन्द्धी नेपाल पुलिस र घरेलु टोली विराटनगरलाई हराउँदै उपाधि होडमा प्रवेश गरेको थियो ।

एपिएफ ८ बर्षपछि विराटनगरको मैदानमा उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि उसले २०७० को संस्करणको फाइनल संकटासंग १–० ले पराजित हुँदै गुमाएको थियो । यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको पञ्जावले बुटबलको गोर्खा ब्वाइज, सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्र र भरखरै आहा राराको उपाधि चुमेको संकटालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सहिद मैदानमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताए । एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा यो सँगै दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै दोस्रो पटक विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ एपिएफका प्रशिक्षक श्रेष्ठले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ उनले फाइनलमा ४–१–४–१ को रणनीतिमा मैदानमा उत्रिने बताए ।

एपिएफका कप्तान सुदीप सिख्राकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘पञ्जाव राम्रो टिम हो । पंजावको अग्दा कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ एपीएफका कप्तान सिख्राकारले भने, ‘पंजावका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’ नेपालमा पहिलो गोल्डकप खेल्न आएको पञ्जाव विराट गोल्डकपको फाइनलमा पुगेको हो । पञ्जावका प्रशिक्षक हरनेक सिंहले फाइनल भन्दा अघिको खेल अनुसार नै फाइनलमा समेत उत्र्न टोली तयार रहेको बताए ।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्यम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौं ।’ उनका अनुसार पंजावले ४–४–२ को रणनीतिमा खेल्ने बताए । ‘सेमिफाइनलमा कप्तान जगदीप सिंहले पाएको रातो कार्डमा पुनःबिचार गर्न आयोजकलाई आग्रह गरेको छौं,’ उनले भने, ‘हाम्रो खेलाडीले कुनै गल्ती गरेको छैन । भिडियो फुटेज हेरेर आयोजकले रातो कार्ड लिएको विषयमा पुनः बिचार गरिदिनुपर्दछ ।’

पञ्जावका कप्तान जगदीपले उत्कृष्ट खेल प्रर्दशन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उनले भने । बिहीबारको अन्तिम सेमिफाइनल खेल सकिएपछि खेलाडीले झगडा गरेपछि पञ्जावका कप्तान जगदीप र संकटाका साहिद स्मार्टलाई रेफ्री श्याम दनुवारलाई रेड कार्ड दिएका थिए ।

कार्ड पाएसँगै पञ्जावका कप्तान जगदीप फाइनल खेल्नबाट बंन्चित हुने भएका छन् । प्रशिक्षक हरनेशका अनुसार जगदीपको ठाउँमा फाइनलमा हरजीन्द्र सिंहको कप्तानमा पञ्जाव पुलिस मैदान उत्रिने छन् ।   चैत २६ देखि सुरु भएको रात्रीकालिन गोल्डकपको बिजेताले १५ लाख १५ हजार र उपबिजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार