Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा पोषण तालिम संगै स्वास्थ्यकर्मी सुचिकृत

माई नगरपालिकामा पोषण तालिम संगै स्वास्थ्यकर्मी सुचिकृत

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र ३१ २०७७


माई नगरपालिकामा पोषण तालिम संगै स्वास्थ्यकर्मी सुचिकृत

माई । इलामको माई नगरपालिकाको आयोजनामा पोषण सम्बन्धि बृहत बिषय वस्तुहरुको एकिकृत प्याकेज सम्बन्धि तालिम सम्पन्न भएको छ । स्वास्थ्यकर्मीको ज्ञान, सीप तथा व्यवस्थापकिय पक्षको क्षमता अभिबृद्धि गरिने गरी तालिम आयोजना भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय इलामका जन स्वास्थय निरिक्षक कुल बहादुर पौड्याल, माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र डा रामकृष्ण आचार्यले सहजीकरण गरेको तालिममा नगर भित्रका ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

तालिमको समापन सत्रमा मेयर दिपककुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, माई नगरपालिका स्वास्थ्य निरिक्षक पुष्कर कट्टेल, सहभागि पबित्रा राई लगायतले तालिमको महत्वका बिषयमा मन्तब्य राखेका थिए । यसै विच आमा सुरक्षित कार्यक्रम अन्र्तगत दश हप्ता सम्मको गर्भपतन गराउने गरी २ स्वास्थ्य संस्था र ३ जना स्वास्थ्यकर्मीलाई सुचिकृत गरिएको छ ।

महमाई र चिसापानी स्वास्थ्य चौकी र ३ जना स्वास्थ्यकर्मिहरुलाई १० हप्ता सम्मको गर्भ पतन गराउने अधिकार सहितको सुचिकृत गरिएको स्वास्थ्य संयोजक कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार