Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाकाे ५० % कृषि अनुदानमा १५५ टनेल

सुर्योदय नगरपालिकाकाे ५० % कृषि अनुदानमा १५५ टनेल

  • चेतन अधिकारी
  • सोमबार, चैत्र ३० २०७७


सुर्योदय नगरपालिकाकाे ५० % कृषि अनुदानमा १५५ टनेल

फिक्कल । इलामको सुर्योदय नगरपालिका कृषि सेवा शाखाले आज एक कार्यक्रम बिच १५५ किसान लाइ लक्षित गरि टनेल बितरण गरेको छ । सबै वडा बाट छनोट भएका १५५ जनालाई ५० प्र्रतिशत अनुदानमा टनेल वितरण गरिएको हो । आर्थिक बिकास समिति संयोजक साथै वडा न ९ वडा अध्यक्ष देवेन्द्र शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

वडाध्यक्ष पेमा उगेन लामा , वडा नं ६ का वडाध्यक्ष शिव कुमार बस्नेतको आतिथ्यता रहेको थियो । कृषि शाखा प्रमुख नारायण लम्साल र मदन राईको सहजिकरण गरेका थिए । नगर प्रमुख राईले आगामी आर्थिक बर्षमा कृषकको मागको आधारमा कृषि कार्यक्रम सञ्चालन हुने बताए ।

कृषि सेवा शाखा प्रमुख नारायण लम्सालले कृषि क्षेत्रमा नगरले धेरै लगानी गरेको कारण कृषकहरुले सहुलितयमा सामाग्रीहरु प्राप्त गर्न सफल भएको बताए । उनले बैशाख १५ गते भित्रमा किसानहरुलाई ४२ वटा मिनि टिलर वितरण गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रमका अध्यक्ष शर्माले कृषि क्षेत्रका भावी योजनाहरु शसक्त ढंगले अघि बढ्नेमा विश्वस्त रहेको बताए । उनले आगामी आर्थिक बर्ष ०७८/०७९ मा अझ नयाँ र धेरै किसान लाभान्वित हुने कार्यक्रमको योजना बनाउँदै गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार