Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्याङमा ‘जैविक तथा बनस्पति बिषादी प्रयोग तथा बिस्तार’ सम्बन्धी तालिम सम्पन्न

प्याङमा ‘जैविक तथा बनस्पति बिषादी प्रयोग तथा बिस्तार’ सम्बन्धी तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १८ २०७७


प्याङमा ‘जैविक तथा बनस्पति बिषादी प्रयोग तथा बिस्तार’ सम्बन्धी तालिम सम्पन्न

नयाँबजार । कृषि ज्ञान केन्द्र इलामको सहयोगमा माईजोगमाई गाउँपालिका-६ प्याङमा ‘जैविक तथा बनस्पति बिषादी प्रयोग तथा बिस्तार सम्बन्धी दुई दिवसीय तालिम तथा सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाको अध्यक्षतामा भएको कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

माईजोगमाई गाउँपालिका वार्ड नम्बर ६ वडाध्यक्ष भवानी लिम्बु, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत हेमराज पन्त , बागवानी बिकास अधिकृत गणेश राई, गरिबसंग बिशेश्वर कार्यक्रम इलाम जिल्ला समन्वयकर्ता प्रवेश पराजुली लगायत को उपस्थित रहेको कार्यक्रम मा गरिबसंग बिशेश्वर कार्यक्रम माईजोगमाई गाउँपालिका का २५ सदस्य सहभागी थिए ।

कार्यक्रम मा सहभागीहरुलाई २५ वटा वनास्पतिक विषादी बनाउने २०० लि को प्लास्टिकको ड्रम, बिषादी बनाउन आवश्यक सामाग्री , लहरे बाली को बीउ बितरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार