Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमीफाइनलमा

वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १८ २०७७


वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा सेमीफाइनलमा

इलाम । वाकओभर पाउँदै नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड पाकिस्तानमा जारी नेसनल वुमन्स फुटबल च्याम्पियनसिपको सेमीफाइनल प्रवेश गरेको छ । आजको लागि भनिएको क्वाटरफाइनल खेलमा प्रतिद्धन्द्धी दिया क्लबले नखेलेपछि मासाले सेमीफाइनलमा स्थान बनाएको हो ।

समुह बी मा रहेको मासा ३ जित र बराबरीका साथ १० अंक बटुल्दै समुहको शिर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । समान खेलबाट गोल अन्तरको आधार कराँची युनाइटेड उपविजेता बनेको थियो । मासा र कराँचीले समुह चरणमा २–२ गोलको बराबरी खेलेका थिए समुह डी मा रहेको दिया ३ खेलमा जित निकाल्दै उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्दै मासालाई प्रतिद्धन्द्धीको रुपमा पाएको थियो ।

बिहीबार हुने सेमिफाइनलमा मासाले हाइल्यान्र्डस एफसीको सामना गर्ने भएको छ । आज नै भएको क्वाटरफाइनलको अर्को खेलमा हाइल्यान्डर्सले हाजारा गल्स एकाडेमीलाई हराएको थियो ।   क्वाटरफाइनलका अन्य खेलमा कराँची युनाइटेडले आर्मी टिमलाई ४–३ ले हरायो ।

वाप्डाले जाफालाई पराजित गर्र्दै सेमीफाइनल पुगेको पाकिस्तानबाट सरु लिम्बुले जानकारी दिइन् । आन्तरिक विवादका कारण शनिबारबाट स्थागित भएको नेसनल वमेन्स फुटबल च्याम्पियनसिपको ४ वटै क्वाटरफाइनल खेल आज सम्पन्न भएको हो । विहिवार दुवै सेमीफाइनलका खेलहरु हुनेछन् ।

अर्को सेमीफाइनलमा वाप्डा र कराँची युनाइटेड प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल शनिवार हुनेछ । पाकिस्तान फुटबलको संघको आन्तरिक विवाद यथावत रहेपनि नर्मलाइजेसन समितिले च्याम्पियनसिपलाई भने निरन्तरता दिएको छ ।

च्याम्पियनसिपलाई फिफाले मान्यता दिने सम्भावना भने कम छ । २०१८÷१९ मा पनि यस्तै विवाद हुँदा फिफाले त्यसबेला आएको समितिले आयोजना गरेको लिग च्याम्पियनसिपलाई मान्यता दिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार