इलाम । माइ नगरपालिकामा जारी मिनी मेला समापनको अन्तिम दिन बुधवार जव काले दाइ र ठमेल बजार गाँउने गायिका मिना निरौला आउने भन्ने सुचना भएपछि शुक्रवारे खेल मैदानमा हजारौको संख्या दर्शकहरु भेला भएक थिए । ‘अन्तिम दिन भएकाले आज मिड नाइट कार्यक्रम हुनेछ’ भन्दै कार्यक्रम संचालक हरि घिसिङले भन्दै गर्दा माइ नगरबासीहरुले गडगडाहट तालिले स्वागत गरे । रातको साढे १० बजे जव निरौला स्टेजमा ‘नमस्ते सवै जनामा आज पहिलो पटक तपाइहरुको क्षेत्रमा प्रस्तुती दिँदैछु’ भन्दै स्टेज प्रवेश गरिन तालिको बर्षा भयो ।
‘अव तपाइहरुको लागी चलचित्र पर्वको काले दाइ सुनाउछु है’ भन्दै ‘कालेले दाइले लगाएको कालै स्टकोट हास्दा अनि नाच्दा पनि देखिदैन खोट….’ । त्यसपछि ‘अव कुन सुनाउ ठमेल बजार सुनाउछु है’ भन्दा दर्शकहरुले पनि तालिले साथ दिए । चलचित्र लुट २ को ‘जाँउ न घुमाउन मलाई ठमेल बजार ट्याउसी चढाउदै लाइ देउ नै चोखो पियार…..’ प्रस्तुती दिइन ।
चलचित्र फाटेको जुत्ताको गित चोली अलि छोटो के लाथे यो सारा सहरले मै माथी लगायो फोकस….‘ टलटल टल्कियो जवानी जवानीमा आखै लायो नी… लगायतका चर्चित गितहरु प्रस्तुती दिइन । मिनाले प्रस्तुती दिँदै गर्दा दर्शकहरु बार नाघेर स्टेजमै नाच्न पुगेका थिए । ‘तपाईहरुसँगै नाच्न मन थियो यो माइक्रोफोनको तारले समस्या गरिदियो’ भन्दै उनले आफना प्रस्तुतीहरु राखिन ।
दर्शकहरुको रोजाइको कदर गर्दै काले दाइ र ठमेल बजारमा नचाउँदै अव रात पनि धेरै भयो १२ बज्न लाग्यो भन्दै विदा लिइन । मिनासँगै खोटाङ्गे गायक राजेश राईले ए कान्छी एकहोरो माया नलाएकै वेस… र फुल जति जुन जती मनकी रानीलाई… गाएर दर्शकहरुलाई मनोरञ्जन दिए । समापनको दिन भनेर रातको १२ बजेसम्म सांगितिक कार्यक्रमहरु रहेका थिए । स्थानिय समिर राई, पिटर सुव्वा लगायत पुर्वाञ्चका विभिन्न एकाडेमीका कलाकारहरुलले समेत आफनो कला प्रस्तुती गरे ।