Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुलुबुङमा महिला फुटबल सुरु

सुलुबुङमा महिला फुटबल सुरु

  • किरण राई
  • शुक्रबार, चैत्र १३ २०७७


सुलुबुङमा महिला फुटबल सुरु

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा आजबाट नकाउट महिला फुटबल सुरु भएको छ । वडा नं ३ सुलुबुङको माईपोखरी रामसार साईट स्र्पोटिङ क्लबको आयोजनमा सुरु भएको प्रतियोगितामा आज ५ खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा आयोजक बी ले सिम्ले एफसी साङरुम्बालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गदैै दोश्रो चरण प्रवेश गरेको छ । दोश्रो खेलमा कुवापानी एफसीले योल्मो एफसी नामसालिङलाई १–० ले हरायो । तेश्रो खेलमा जनता सेभेनले एसएसएफसी सुकेपोखरी पाँचथरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

चौथो खेलमा खरकुण्डे नवमीले नमुना एफसीलाई १–० ले पराजित गरेको छ । आजको अन्तिम खेलमा छाँगे एफसीलाई २–० ले हराउँदै गोदकले समेत दोश्रो राउन्डमा आफ्नो स्थान सुरक्षित गरेको छ । फागुन १५ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । भोली ७ खेल हुँदैछन् ।

पहिलो चरणको खेल अन्र्तगत राङ्गभाङ्ग एफसी रोङले माईपातल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दोश्रो खेलमा रवि एफसीले इलाम एफसी तथा आयोजक ए ले आरएफसीसँग प्रतिस्पर्धा गर्नेछन् । भोली नै दोश्रो चरणको पहिलो खेलमा आयोजक बी र जनता सेभेन भिड्दैछन् ।

कुवापानी एफसीले खर्कुण्डे एफसी, गोदक एफसीले रवि र इलामबिचको बिजेतासँग खेल्नेछ । त्यसैगरी अन्तिम खेलमा राङ्गभाङ्ग एफसी र माईपातल एफसीबिचको बिजेतासँग आयोजक र आरएफसी बिचको बिजेताले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्धघाटन गाउँपालिका अध्यक्ष उदयबहादुर राईले मुख्य निर्णायकलाई बल हस्तान्तरण गर्दै गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार