Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको २ स्थानीय तहमा सिम्रिकको सेवा विस्तार

इलामको २ स्थानीय तहमा सिम्रिकको सेवा विस्तार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १३ २०७७


इलामको २ स्थानीय तहमा सिम्रिकको सेवा विस्तार

फिक्कल । झापाको विर्तामोड मुख्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारीले इलामको २ स्थानीय तहमा सेवा विस्तार गरेको छ । सिम्रिकले एक कार्यक्रममा बिच इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शाखा विस्तार गरेको हाे ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको फिक्कल शाखा विस्तार समारोह सूर्योदय नगरपालिकामा वडा नं १० को वडाध्यक्ष पेमा उगेन लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै लामाले सहकारीताको मुल मर्मलाई टेकेर देश विकासमा सहकारीले भुमिका खेल्नुपर्ने बताए ।

उनले देशको तीन खम्बे अर्थनितिमा सहकारी समेत समावेश भएको बताउँदै स्थानीय सरकारको सधै सहयोग रहने बताए । कार्यक्रममा अतिथि एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इकाराम प्रधानले सहकारी संस्थाको सेवा विस्तारले जनतालाई सहजता प्रदान हुने बताए ।

कार्यक्रममा सूर्योदय नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिमसिना लगायतको आतिथ्यता रहको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भट्टराईले सहकारीताको आधारभुत सिद्धान्तलाई अनुसरण गर्दै ग्रामिण क्षेत्रका जनताको जिवनस्तर उकास्नका लागि सिम्रिकले सहयोगी भुमिका खेल्न सधै तयार रहेको बताए ।

इलाम नगरपालिका वडा नं ७ का अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा इलाम नगर क्षेत्रमा समेत शाखा विस्तार गरिएको छ । कार्यक्रममा सिम्रिकका सिइओ कमल बहादुर बस्नेत, राष्ट्रिय सहकारी बैंक इलामका प्रमुख मनोज लामिछाने, सानिमा बैंक शाखा प्रमुख समिना बस्नेत, एक्सेल बैंक शाखा प्रमुख अंरीक ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, पत्रकार सुवर्ण खड्का लगायतको आतिथ्यता रहेको थियो ।

२०६७ सालमा स्थापना भएको सहकारीले झापा र मोरङको २७ स्थानमा शाखा स्थापना गरेको छ । सहकारीले इलामको दानाबारीमा आफनो शाखा विस्तार सम्पन्न गरिसकेको छ । संस्थाको चुक्ता पुँजी २० करोड २६ लाख ७३ हजार रहेको छ । सहकारीको ३ जिल्लामा गरेर ३२ हजार ९ सय १९ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीले १ अर्ब २४ करोड ७९ लाख रुपैया भन्दा बढि लगानी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार