Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय टोलीमा छिरिङ र दर्शन अटाए, नवयुग अटाएनन्

राष्ट्रिय टोलीमा छिरिङ र दर्शन अटाए, नवयुग अटाएनन्

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ११ २०७७


राष्ट्रिय टोलीमा छिरिङ र दर्शन अटाए, नवयुग अटाएनन्

इलाम । थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा घोषणा गरेको टोलीमा नवयुग श्रेष्ठ अटाएनन् । राष्ट्रिय टोलीमा इलामे खेलाडी छिरिङ गुरुङ र दर्शन गुरुङ भने अटाएका छन् ।

दुवै जना खेलाडी गत बर्षको लिगपछि राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएका छन् । त्यसैगरी पुर्व कप्तान विराज महर्जनले कमब्याक गरेका छन् । सन्यासको तयारीमा रहेका विराज गत बर्ष विश्वकप छनौट अघि मलेसियाको क्लब जोहोर दारुल विरुद्धको मैत्रीपुर्ण खेल यता राष्ट्रिय टोलीमा परेका थिएनन् ।

मुख्य प्रशिक्षक महर्जनले फरवार्ड नवयुग सहित क्लोज क्याम्पमा रहेका १० जना खेलाडीहरुलाई टिम बाहिर राखेका छन् । गोलरक्षकद्धय विशाल श्रेष्ठ र बिशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकास खवास २३ सदस्यीय टोलीमा अटाएनन् ।

मिडफिल्डर हेमन्त थापा मगर र सन्तोष तामाङ, फरवार्ड आशिष लामा, जर्ज प्रिन्स कार्की टिममा परेका छैनन् । उनीहरुलाई क्याम्पबाट रिलिज गरिने एन्फाले जनाएको छ । नेपालले प्रतियोगितामा पहिलो खेल विहिबार किर्गिस्तानको २३ बर्ष मुनीका टोलीसंग खेल्नेछ । शनिबार बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो खेलमा उपहार गोलको मद्धतमा बंगलादेशले किर्गिस्तानलाई हराएको थियो ।
नेपाली टोली
गोलरक्षक : किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की
डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, सञ्जोग राई, विशाल राई बी, सुनिल बल र रविशंकर पासवान
फरवार्ड :अञ्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजा र भरत खवास

प्रतिक्रिया
सम्बन्धित समाचार