Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने

चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ११ २०७७


चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने

इलाम । नेपाल चिया विकास निगमले सर्वसाधारणलाई शेयर जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव उन्नाइसौँ साधारण सभामा लैजाने निर्णय भएको जनाएको छ ।कम्पनीको चैत ६ गते बसेको बोर्ड बैठकले उक्त प्रस्तावसहित अन्य प्रस्तावहरू उपर छलफल गर्दै चैत २९ गते साधारण सभा बोलाउने निर्णय पनि गरेको छ ।

२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ । नेपाल चिया विकास निगम २०३० सालमा स्थापना भएको हो ।२०५६ सालमा आएर सरकारले यसलाई निजीकरण गरी ५० वर्षको लागि जग्गा भाडमा दिएको छ । हाल कम्पनीले इलाम र झापामा रहेको करिब साँढे ३२ सय बिघा जग्गा उपभोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार