इलाम। एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले देशलाई राजनितिक स्थिरता दिनका लागी बाम गठवन्धन भएको बताए । दलहरु ध्रुविकरणपछि देशले समृद्धि लिन नसकेको बताउँदै दुवै चुनावमा बाम प्रगतिशील देशभक्तहरुको गठवन्धनले, दुई तिहाई बहुमत ल्याउदै देश राजनीतिक स्थीरता तर्फ लग्नेमा आफु ढुक्क रहेका बताए । कम्युनिष्ट शक्तिहरुक बीचमा गठवन्धन भएपछि लोकतान्त्रीक गठवन्धन बनाउने प्रक्रिया शुरु भएको भन्दै उनले लोकतान्त्रीक गठवन्धनलाई शुभकामना समेत दिए । ‘राजनीतिक अस्थीरतामा झुण्डिराख्न जनता चाहादैनन्’ –नेम्वाङले भने–‘हामीले जनताको मन जिते पाँच वर्ष मुलुक चलाउँछौ, तपाई (लोकतान्त्रीक) गठवन्धनले जनताको मन जित्नुभयो भने पाँच वर्ष चलाउँनुहोस ।’
इलाममा अगुवा कार्यकताहरुको प्रशिक्षण कार्यक्रममा नेता नेम्वाङले कतिपय दलहरुसंग सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति भइसकेको जानकारी दिदै गठवन्धनका माओवादी केन्द्र र नयाँ शक्तिसंग सूर्य चिन्ह नै लिएर चुनाव लड्ने विषयमा अझै छलफल भइरहेको बताए । एमालेसंग सम्झौता गरेका र गठवन्धनका दलका उम्मेद्वारी दिने क्षेत्र चाडै टुङ्गोमा पुग्ने उनको भनाई छ । नेता नेम्वाङले माओवादीबाट सरकारमा सहभागी मन्त्रिहरुलाई हटाउने खेलमा प्रधानमन्त्री लागेकाले उनलाई संविधानमा उल्लेखित ब्यवस्था हेर्न सुझाव दिए । संविधानमा संक्रमणकालिन ब्यवस्था अन्तर्गत राखिएको धारा २९८ मा त्यसको उपधारा नौ मा रहेको ब्यवस्थाले प्रचण्डको सहमति बिना माओवादी मन्त्री हटाउन नसक्ने दावी गरे । ‘सम्बन्धित दलको सहमति र सिफारीस बिना मन्त्रीहरु हटाउँन नपाइने ब्यवस्था छ’–उनले अघि भने–‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैनौ भनेपछि मन्त्री हटाउने कुरै भएन’
प्रधानमन्त्री देउवालेनै निर्वाचन आचारसंहिता उल्लङघन गरिरहेको भन्दै उनले निर्वाचन आयोगले दिएको आदेशको पालना समेत नगरेको आरोप लगाए । ‘आयोगले मन्त्रीपरिषद विस्तारलाई सच्याउनुहोस भनेर आग्रह गर्छ, उहाँ अझ मन्त्रीहरु थप्नुहुन्छ ।’ उनले यसअघिको निर्वाचनमा एमाले विरुद्ध भएको घेराबन्दी बिफल भएको बताए । एमालेलाई प्रदेश नम्बर दुईमा शुन्य पार्छौ भन्नु हुन्थ्यो, मतका आधारमा एमाले दुई नम्बर प्रदेशमा दोस्रो भयो ।’
फरक प्रसंगमा उनले संसदको म्याद समेत असोज २८ मा नै समाप्त हुने बिचार ब्यक्त गरे । पुर्व सभामुख समेत रहेका नेम्वाङले असोज २८ मा समानुपातिको सूचि आयोगमा बुझाएपछि संसदको म्याद सकिने टिप्पणी गरे । समानुपातिकको सुचि बुझाउनु पनि मनोनयद दर्तानै भएकाले संविधानमा मनोनयन दर्ता गर्नुनै भएकाले त्यही दिन संसदको म्याद सकिने संवैधानिक ब्यवस्था रहेको प्रष्ट्याए ।