इलाम । पञ्चकन्या बहुद्धेश्य सहकारी संस्था सुर्योदय नगरपालिका–१० फिक्कलको अध्यक्षमा पुनः देविप्रसाद उप्रेती चयन भएका छन् । सहकारीको १९ औ साधारणसभावाट पुनः ३ बर्षको लागी उप्रेती अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । समितीको उपाध्यक्षमा जिवन सापकोटा, कोषाध्यक्ष गोविन्द गडतौला चयन भएका छन ।
९ सदस्यीय कार्य समितीको सदस्यहरुमा अनिता कोइराला, इन्द्रकुमारी कटुवाल, गंगाकुमारी श्रेष्ठ, कमल पौडेल, रविन तिम्सिना र मिलन क्षेत्री सर्वसम्मत चयन भएका हुन । त्यसै गरी ३ सदस्यीय लेखा समिती संयोजकमा बुद्धिनाथ बराल चयन भएका छन । सदस्यहरुमा उर्मिला लामा र भुवन राज ढुङगाना चयन भएका छन् । लाप्चा उत्थान मञ्चको भवनमा भएको साधारणसभाको अध्यक्षता अध्यक्ष देविप्रसाद उप्रेती र प्रमुख अतिथी सिहँदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष बालकुमार फागोले उद्घाटन गर्नुभएको थियो ।

जिवन सापकोटाले स्वागत मन्तव्य रहेको साधारणसभालाई बुद्धि बराल, प्रविन तिम्सिना, देवान गुरुङ, धर्मकला दाहाल, प्रेम कट्टेल, प्रविन तिमसिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै सोही कार्यक्रममा जेष्ठ नागरिक कुमार बहादुर श्रेष्ठ र बिलासी तामाङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
उत्कृष्ट ऋणी सिता वाणालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । २०५५ सालमा स्थापित सहकारीले गत आर्थिक बर्षमा २ करोड १६ लाख ९० हजार ३५४ रुपैया ऋण लगानी गरेर १ लाख ६८ हजार रुपैया कुल नाफा आर्जन गरेको छ ।