फिक्कल । इलामे कलाकार हिकस राईको निर्देशनमा रहेको कस्तो भेट भयो हाम्रो बोलको गीत सार्वजनिक गरिएको छ । अमृता वान्तवाको शब्दमा इलामेली गायक मिलन बम्जनले स्वर दिएको गीत बुढासुब्बा डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
बिनोद खम्बुको संगीत रहेको म्युजिक भिडियोमा इलामका लोकप्रिय कलाकार हिकस राइ, युवन्तिका तामाङ्ग, मन्जरी कडेल, हिमाल शर्मा र गौरब राई रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियो सम्पादन निशान्त रानाले गरेका छन । इलामको कन्याम कुटि डाँडा श्रीअन्तु करफोक सिमपानी लगायत ठाउँमा छायांकन गरिएको म्युजिक भिडियोको अफिसियल मिडिया पार्टनर लोकल सन्देश अनलाइन रहेको छ ।
इलामको सुर्योदय नगरपालिका वडा न ३ जिलमा जन्मिएका हिकस पहिले म्युजिक भिडियोमा मोडलको रुपमा आएका थिए । ३५ वटा भन्दा बढि भिडियोमा उनले अभियन गरेका छन् । मोडेल सँगसँगै म्युजिक भिडियो निर्देशन तथा छायांकनमा पनि विशेष रुचि भएका राई आफैले निर्देशन गरेका २० वटा भन्दा बढि भिडियो बजारमा आएका छन ।