Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुखानी शहीद स्मृति फुटबल : माई–४ र ८ सेमीफाइनल प्रवेश

सुखानी शहीद स्मृति फुटबल : माई–४ र ८ सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २६ २०७७


सुखानी शहीद स्मृति फुटबल : माई–४ र ८ सेमीफाइनल प्रवेश

माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको माई–४ र ८ बिजयी बन्दै सेमीफाइनल प्रवेश गरेका छन् । बुधबार सम्पन्न पुरुष फुटबलमा वडा नं ४ ले वडा नं १ माथी ५–० फराकिलो गोल अन्तरको जीत निकाल्न सफल रहयो । वडा नं ४ को जितमा हरी मगरले ह्रयाट्रिक गरे । सुजन तामाङ्ग र बिशाल खबासले थप १÷१ गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच बिजेता टिमका ह्रयाट्रिककर्ता मगर घोषित भए । महिला तर्फको खेलमा वडा नं १० को टिम अनुपस्थित भएपछि वाकओभर पाउँदै वडा नं ८ ले सेमीफाइनलमा स्थान सुरक्षित ग¥यो । बिहिबार हुने सेमीफाइनल खेल पुरुष तर्फ माई–६ र ९ बीच हुने छ ।

महिला फुटवलमा माई–३ र ७ बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र लगायत बिभिन्न बिधामा पुरस्कृत गरिने जनाइएको छ ।

फागुन २९ गते हुने फाईनल खेलको समापन कार्यक्रममा संबिधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपनेता सुबासचन्द्र नेम्बाङ्गले सम्बोधन गर्ने नगर प्रमुख दिपककुमार थेबेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार