Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईको ६ वटै वडामा खोप हान्न सुरु

माईजोगमाईको ६ वटै वडामा खोप हान्न सुरु

  • रोशन काफ्ले
  • सोमबार, फाल्गुन २४ २०७७


माईजोगमाईको ६ वटै वडामा खोप हान्न सुरु

नयाँबजार । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत माईजोगमाई गाउँपालिकाका ६ वटै वडाका सबै खोप केन्द्रहरुमा हिजोबाट खोप हान्न सुरु गरिएको छ । ६५ बर्ष माथिका जेष्ठ नागरिक , दिर्घ रोगी प्राथमिकता १ मा छुटमा परेका व्यक्तिहरुलाई खोप लगाइने भएको हो ।

गाउँपालिका भरी जम्मा ११ सय डोज कोरोनाको भ्याक्सिन आएको माईजोगमाई गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले बताए । सरकारले तोकेका मापदण्ड पूरा भएका व्यक्तिहरुले आफुले पायक पर्ने स्थान बाट कोभिड विरुद्धको भ्याक्सिन हान्न सबैलाई आग्रह समेत गरेका छन ।

खोप अभियान कार्यक्रममा माईजोगमाई गाउपालिका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मी स्वस्थ्य शाखा प्रमुख राम शकर देव र गाउपालिकाका कर्मचारी डम्बर कुमार निरौला लगायतको टोलिद्वारा पहिलो दिन अनुगमन समेत गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सन्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।

यसअघि दोस्रो चरणमा हिमाली जिल्लाका ५५ वर्षमाथिका सम्पुर्ण नागरिकहरुलाई खोप दिने सरकारले लक्ष्य लिएको थियो । दोस्रो चरणमै हिमाली जिल्ला बाहेकका अन्य जिल्लामा पनि ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा अपुग हुने भएपछि ६५ वर्षमाथिकालाई प्राथमिकतामा रहेर खोप दिन सुरु गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार