माई । प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा माई–१ र ८ बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष फुटवल खेलमा माई–१ ले माई–२ लाई टाइब्रेकर पराजित गर्दैै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो ।
निर्धारित समयमा वडा नं २ का रोशन योगी र वडा नं १ का केशव बराइलीले गोल गरेका थिए । खेल बराबरी भएपछि निर्णयका लागि रोजिएको टाइब्रकेरमा ४–१ गोल अन्तरले वडा नं २ बिजयी बन्यो । खेलको म्यान अफ दि म्याच पराजित टिमका गोलकर्ता योगी घोषित भए ।
शनिबार नै भएकोे महिला फुटवल प्रतियोगितामा माई–८ ले बिजय शुरुवात गरेको छ । दोश्रो प्रि–क्वाटरफाइनल खेलमा वडा नं ८ ले वडा नं ४ लाई ३–० गोल अन्तरले पराजित ग¥यो । बिजयी टिमका लागि मनिका कुमालले २ र प्रतिक्षा नेम्बाङले १ गोल गरिन् । खेलको वुमन अफ दि म्याच बिजेता टिमकी गोलकर्ता कुमाल घोषित भइन् ।
भोली हुने पुरुष फुटवल प्रतियोगितामा भोली पुरुष तर्फ पहिलो क्वाटरफाइनल खेलमा माई–६ र ९ प्रतिस्पर्धा गर्नेछन् । महिला फुटवल तर्फ माई–६ र ७ बिच पहिलो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताबाट नगर स्तरीय दुई उत्कृष्ट टिमको छनौट गरिने नगर खेलकुद विकास प्रतिष्ठान इलामका अध्यक्ष तिलक ठकुरीले जानकारी दिए ।