Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फागुन २१ देखि माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता

फागुन २१ देखि माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १३ २०७७


फागुन २१ देखि माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता

माई । इलामको माई नगरपालिकामा आगामी फागुन २१ गतेबाट प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चालन गरिने भएको छ । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा फागुन २९ गते सम्म वडा स्तरिय फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

१० वटा वडाका महिला तथा पुरुष फुटबल टिम सहभागि हुने प्रतियोगिता इलाम र झापाको सिमाना सुखानीमा सहादत प्राप्त गरेका शहिद रामनाथ दहाल, कृष्ण कुईकेल,नेत्र घिमिरे, नारायण श्रेष्ठ र बीरेन राजबंंशीले स्मृतिमा आयोजना गरिएको ओली समुह निकट युवा संघका इलाम जिल्ला सदस्य विकास बाँस्तोलाले जानकारी दिए ।

सुखानी शहिदहरुकाे प्रतिमा

पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका भिम तामाङले जानकारी दिए । प्रतियाेगिता सम्पन्न गर्न कुल ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

इलाम र झापाको सिमानामा पर्ने सुखानीमा २०२९ साल फागुण २१ गते पञ्चायती शासकहरुले झापाबाट इलाम जेल सार्ने बाहानामा ५ जना शहिदहरुको हत्या गरेको थियो । आगामी २१ गते हुने उद्घाटन कार्यक्रममा हास्य कलाकार राजाराजेन्द्र लगायतको प्रस्तुती सहित बिभिन्न जातजातिका झाँकी प्रस्तुती गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार