Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अदुवाको भाउ ह्रवात्तै घटेपछि इलामका किसान मर्कामा

अदुवाको भाउ ह्रवात्तै घटेपछि इलामका किसान मर्कामा

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १२ २०७७


अदुवाको भाउ ह्रवात्तै घटेपछि इलामका किसान मर्कामा

इलाम । अदुवाको मुल्यमा भारी गिरावट आएपछि इलामका किसानहरु निराश बनेका छन् । गत बर्ष ६ हजार रुपैया प्रतिमन अदुवा विक्रि गरेका किसानहरुले यस बर्ष एक हजार रुपैया मात्र पाए । भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो । गत वर्ष उच्च मुल्य पाएपछि किसानहरुले यस बर्ष धेरै क्षेत्रमा अदुवा लगाए थिए । तर झन्डै मनमा ६ गुणाले कमी आएपछि अहिले विक्री गर्न नै समस्या भएको हो ।

गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । गत बर्ष मुल्य उच्च पाएपछि फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउछन् ।

‘अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन ।’ उनले भने ।  यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउछन् ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार