इलाम : चिया उत्पादक जिल्ला सहकारी संघ इलामको चौधौ साधारण सभाले प्रेमराज गुरुङलाई पून अध्यक्षतामा चयन गरेको छ । इलाम सदरमुकाम स्थित संघको सभाहलमा सम्पन्न सभाले थिरबहादुर राउतलाई उपाध्यक्ष, तथा मदन बराललाई सचिबमा चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा अमृता राई डिल्ली खतिवडा माधब पौडेल र मुना पौडेल निरौला चयन भएका छन् । अगम सिंह मगरको संयोजकत्वमा सबिन बस्नेत र इन्द्रकला निरौला सदस्य रहेको लेखा समिति समेत सर्बसम्मत चयन भएको निबर्तमान सचिब बेदनिधि पोखरेलले बताए पदम तामाङ दावा तामाङ र बेदनिधि पोख्रेल को निर्बाचन समितिले निर्बाचनको प्रकृया सञ्चालन गरेको भए पनि समिति सर्बसम्मत रुपमा चयन भएको हो ।
प्रेमराज गुरुङको सभापतित्वमा भएको साधारण सभा सचिब बेदनिधि पोख्रेलले सञ्चालन गरेका थिए । सभाले बिनियम संसोधन सहित बिभिन्न निर्णय गरेको छ । इलाममा ४२ वटा चिया उत्पादक सहकारी सस्थाहरु सञ्चालनमा रहेका छन् ।