Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषि सहकारीलाई सूर्योदय नगरपालिकाको १ सय बाख्रा अनुदान

कृषि सहकारीलाई सूर्योदय नगरपालिकाको १ सय बाख्रा अनुदान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ७ २०७७


कृषि सहकारीलाई सूर्योदय नगरपालिकाको १ सय बाख्रा अनुदान

फिक्कल । कृषि क्षेत्रमा लगानी बढाउदै गएको इलामको पर्यटकीय नगरी सूर्योदयले वडा नं ४ र ५ कार्यक्षेत्र बनाएको उन्नतीशिल बाख्रापालना कृषि समुहलाई ५० प्रतिशत अनुदानमा विभिन्न बाख्रा वितरण गरेको छ । नगर प्रमुख रणबहादुर राईका अनुसार बाख्रा पकेट विकास कार्यक्रम अनुसार अनुदानमा १ सय वटा उन्नत जातका बाख्रा वितरण गरिएको हो ।

नगरले सानन र स्थानीय खरी जातका साथै बोयर जातका बाख्रा सहकारीलाई प्रदान गरेको थियो । नगरले पछिल्लो समय कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउँदै लगेको नगर प्रमुख राईले बताए । उनले सूर्योदयका किसानको आर्थिक विकासका निम्ति निरन्तर विभिन्न कार्यक्रम सहित किसानहरुको साथमा रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार