चुलाचुली । इलामको चुलाचुली गाउँपालिका को नवनिर्मित प्रशासकीय भवन फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन समुद्घाटन हुने भएको छ । नवनिर्मित भवन इलाम क्षेत्र नं २ का सांसद एवम संविधानसभा अध्यक्ष, पुर्व सभामुख सुवास चन्द्र नेम्बाङबाट उद्घाटन गरिने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईका स्वकिय सचिव सञ्जय राईले जानकारी दिए ।
गाउँपालिकाले २ बर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ मंसिरमा भवन शिलान्यास गरेर सुरु गरेको थियो । वडा नम्बर ४ स्थित आइतबारेमा रहेको १९ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले शिलान्यस गरेको भवन संविधानसभा अध्यक्ष नेम्बाङले उद्धघाटन गर्ने अवसर पाएका हुन् । एक तले भवन निर्माणको लागि गाउँपालिकाले २ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।