माई । इलामकाे माई नगरपालिका-७ मा जारी प्रथम महमाई पुरूष तथा महिला गाेल्डकपमा कट्टेलटार, सितली र जुनतारा बिजयी भएका छन् । पुरूष तर्फकाे पहिलाे खेलमा लक्ष्मी चाैकलाई २-१ ले हराउँदै कट्टेलटारले सेमिफाइनलमा स्थान बनाएकाे छ । दाेश्राे खेलमा माई किनारलाई २-० ले हराउदै सितली समेत सेमिफाइनल पुगेकाे छ ।
महिला तर्फ खेल मा चिसापानीलाई २-० ले हराउँदै जुनतारा झापा फाइनलमा स्थान बनाउन सफल रहयाे । भोलि को पहिलो पुरुष खेल सितलीले आयोजक ए संग प्रतिस्पर्धा गर्नेछ । महिला खेल आयोजक ए vs पण्डौं महमाई बीच हुने छ। पुरुष फुटबलमा याक्थुहाङ अर्जुनधारा र कट्टेल टार बीच हुने छ।