Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा कोभिड विरुद्धको दोश्रो चरणको भ्याक्सिन हान्न सुरु

माईजोगमाईमा कोभिड विरुद्धको दोश्रो चरणको भ्याक्सिन हान्न सुरु

  • रोशन काफ्ले
  • सोमबार, फाल्गुन ३ २०७७


माईजोगमाईमा कोभिड विरुद्धको दोश्रो चरणको भ्याक्सिन हान्न सुरु

नयाँबजार । माईजोगमाई गाउँपालिकामा कोभिड–१९ विरुद्धको दोश्रो चरणको खोप दिन सुरु गरिएको छ । दोश्रो चरणको पहिलो प्राथमिकतामा रहेकाहरुलाई खोप दिने नेपाल सरकारको निर्णयपछि माईजोगमाईमा १६० डोज खोप आज र भोली दिइदैछ । स्वास्थ्य चौकी नयाँबजारमा गाउँपालिका अध्यक्ष जीतबहादुर राई र प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले खोप लगाएर कार्यक्रमको सुभारम्भ गरे ।

अध्यक्ष राईले पहिलो चरणको खोप स्वास्थ क्षेत्रमा काम गरेका स्वास्थ्यकर्मीहरु र दोस्रो चरणमा स्थानीय तहका जनप्रतिनिधिहरु निजामती कर्मचारी पत्रकारहरु वित्तिय सस्थाका कर्मचारिहरु प्रहरीहरु लाई लगाइने बताए । उनले तेस्रो चरणको खोप स्थानीय बासिन्दाहरुलाई लगाईने बताए ।

बिहान ८ बजेबाट सुरु भएको खोप अभियान आज र भोलि सम्म चल्ने माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम शङ्कर देवले बताए। पहिलो डोजको खोप हानिसकेकाले अबको २८ दिन पछि पुन दोस्रो डोजको खोप लगाउने स्वास्थ्यकर्मीहरुले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार