Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिराइतोको मुल्यवृद्धिले किसानमा खुशियाली (फोटो फिचर )

चिराइतोको मुल्यवृद्धिले किसानमा खुशियाली (फोटो फिचर )

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन २ २०७७


चिराइतोको मुल्यवृद्धिले किसानमा खुशियाली (फोटो फिचर )

सन्दकपुर । ७ वर्ष अघिबाट मुल्यमा गिरावट आएको बहुमुल्य जडिबुटी चिराइतोको मुल्यवृद्धि भएपछि इलामका किसान उत्साहित भएका छन् । इलामको उत्तरी क्षेत्र सन्दकपुर र माईजोगमाई गाउँपालिकामा चिराइतोको व्यवसायीक खेती हुँदै आएको छ । मूल्यमा गिरावट भएको चिराइतोको मुल्यमा अहिले दुईगुणा वृद्धि आएको चिराइतो संकलन युवराज पौडेलले बताए ।

२०७० सालबाट प्रतिमन चार हजारमा झरेको चिराइतोको मुल्य वृद्धि भएर अहिले १४ हजार पुगेको हो । मुल्यमा आएको गिरावटले निरास भएका किसान मुल्यवृद्धिसँगै खुशि भएका छन् । बहुमूल्य जडिबुटीको रूपमा रहेको चिराइतोको मूल्यवृद्धिसँगै गाउँगाउँमा खरिद बिक्रि पनि बढेको छ । इलामको उत्तरी क्षेत्र सन्दकपुर र माईजोगमाई गाउँपालिकामा चिराइतोको व्यवसायीक खेती हुँदै आएको छ । चिराइतोको मुल्य बढेपछि किसानको आर्थिक अवस्थामा सुधार आउने चिराइतो संकलक राजबहादूर राइले बताए ।


बजारमा चिराइतोको माग बढेपछि किसानले खाध्यबाली छोडेर व्यवसायीक रुपमा चिराइतो खेती गर्दै आएका थिए । पोथि चिराइतोमा भाले चिराइतो मिसाएपछि मुल्यमा गिरावट आएको थियो । चिराइतो २०७० साल अघि प्रतिमन ३० हजार रुपियाँँमा किनबेच हुँदै आएको थियो ।


चिराइतोको गुणस्तर कायम गर्न संकलन गर्ने व्यपारीहरुसँगै किसानहरुलाई तालिम प्रदान गरिने सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
इलाममा ५ हजार बढी किसानले चिराइतो खेती गर्दै आएका छन् । लेकाली क्षेत्रमा उत्पादन हुने चिराइतो झापाको काकरभिट्टा नाकाबाट भारत निकासी हुदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार