फिक्कल । जनता सेभेन फिक्कलले झापाको अर्जुनधारामा सम्पन्न शहिद स्मृति महिला तथा पुरुष फुटबलमा महिला तर्फको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक शहिद स्मृति युवा क्लबलाई ६–० गोल अन्तरले हराउँदै जनता सेभेनले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

जनता सेभेनको जीतमा अनिता राईले ४ गोल गरिन् । त्यसैगरी जेनिफर राना मगर र निशा लेप्चाले १/१ गोल गरे । उपाधिसंगै जनता सेभेनले नगद १५ हजार,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो उपविजेता बनेको आयोजक टोलीले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उत्कृष्ट खेल देखाएकी जनता सेभेनकी अनिता वुमन अफ दि म्याच घोषित भइन् । बिजेता टिमको प्रशिक्षक बरुण सुब्बा र टिम मेनेजर सुरेन पौडेल रहेका थिए ।